आफूलाई भौतिक रुपमा सिध्याउने खेल भइरहेको प्रचण्डको दावी

Prachadna by shekhar2
काठमाडौ, फागुन ८ गते । देशको राजनीतिमा तीब्र ध्रविकरण बढिरहेको बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भौतिक रुपमा सिध्याउने तयारी भइरहेको बताउनुभएको छ । शुक्रवार नेपाल प्रध्यापक संघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
दलहरुबीच संवादहिनता कायम रहेको बेला प्रचण्डले यसअघि पनि देशलाई ‘केहि राम्रो गरौँ’ भन्ने नेताहरुलाई भौतिक रुपमै समाप्त पारिएको उदाहरण दिँदै अहिले आफूलाई पनि त्यसरी नै समाप्त पार्ने तयारी भइरहेको सूचना प्राप्त गरेको बताउनुभयो । यद्यपि त्यस्तो तयारी कहाँ र कसले गरिरहेको छ, भन्नेबारे भने उहाँले खुलाउनुभएन ।
‘‘मैले आज विहान मात्र सुनें, केही क्वार्टरहरुमा मलाई भौतिक रुपमै सिध्याउने तयारी भरहको छ,” प्रचण्डले भन्नुभयो, ‘‘प्रचण्डलाई भौतिक रुपमा नसिध्याई विकल्प नरहेकोबारे छलफल भइरहेको मैले विहान मात्र सुनें ।” एमाओवादीका एक स्थायी समिति सदस्यका अनुसार अध्यक्षको ज्यानमाथि खतरा रहेको बारे यसअघि पनि हल्ला चल्ने गरेका थिए । यद्यपि प्रचण्ड आफैँले भने यसबारे बोल्नुभएको सम्भवत यो पहिलो पटक हो ।
प्रचण्डले ज्यानको खतराबाट आफू नडराएको स्पष्ट पार्दै दुई विशाल छिमेकीहरुबीच रहेको नेपालमा केही गरौँ भन्ने नेताहरुलाई केही गर्दा पनि सिध्याउन नसकेपछि भौतिक रुपमा सिध्याउने गरिएको उदाहरण दिनुभएको थियो । यही फागुन १६ गतेका लागि आफ्नो नेतृत्वमा रहेको ३० दलीय मोर्चाद्धारा घोािषत जनसभाको तयारीको क्रममा आयोजित कार्यक्रममा उहाँले सत्ता पक्षले ‘बहुमतको तरवार’ उठाएकोले संविधान बनाउन कठिन भइरहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना