वर्तमान सरकारका उपलब्धि सार्वजनिक गरिँदै

 

 

काठमाडौँ, ८ फागुन । सरकारले वर्तमान सरकारका उपलब्धि आज अपराह्न सर्वजनिक गर्ने भएको छ । 

प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठन भएको वर्तमान सरकारले गत माघ २८ गते एक वर्षको कार्यकाल पूरा गरेको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय योजना आयोगको प्रेक्षालयबाट अपराह्न ४ बजे सरकारका प्रगति एवम् उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले राससलाई बताउनुभयो । 

उक्त कार्यक्रममा सहभागी हुन स्वदेशी एवम् विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई उहाँले आमन्त्रण पनि गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना