औद्योगिक सर्किट निमार्णको आवश्यकतामा जोड


Mahesh-Basnet1अजय शर्मा, काठमाडौँ, फागुन ८ गते । उद्योगमन्त्री महेश बस्नेतले मन्त्री बस्नेतले औद्योगिक चेतनाको कमी तथा अद्योगमैत्री नीतिको अभावका कारण उद्योग क्षेत्रले तिब्र गति लिन नसकेको बताउनुभएको छ ।
उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गदैँ उहाँले उद्योगको प्रकृतिका आधारमा अद्योगहरुबीचको औद्योगिक लिंकका लागि औद्योगिक सर्किट निमार्णको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री बस्नेतले उद्योग मन्त्रालयलाई रेस्पोन्सिप अनलाइन सेवाका साथै अटोमेशन तथा डिजिटलाइजेशन प्रणालीमा जोड्न लागेको बताउनुभएको छ । उहाँले उद्योग विभागमा यस्तो प्रणाली शुरुवात भैसकेको र मन्त्रालयका तल्लो तहका निकायमा समेत नयाँ प्रविधियुक्त प्रणाली लागु गर्ने थालिएको जनाउनुभयो ।
मन्त्री बस्नेतले रेमिट्यान्स केन्द्रीत उत्पादमूखी कार्यक्रम सञ्चालनको आवश्यकता रहेको जोड दिनुभयो । उहाँले राष्ट्रिय बजेटमा उद्योग क्षेत्रलाई विशेष स्थान नदिदाँसम्म मुलुकले फराकिलो अर्थिक सम्बृद्धि हासिल गर्न नसक्ने जीकिर गर्नुभयो ।
उहाँले औधोगिकरण का माध्यमबाट आर्थिक विकास, उद्यमशिलता र रोजगार निर्माण का लागि अघी बढाउनु पर्ने बिषय वस्तुहरुमा उद्योग, व्यवसाय मैत्री प्रष्ट निती, चुस्त, सहज र पारदर्शी प्रशासनिक सेवा, लगानी मैत्री बातावरणको निर्माण, अन्तर्मन्त्रालय समन्वय युनिट बैदेशिक लगानी मुखी बिशेष कार्यक्रम उर्जा, पूर्वाधार, सेवा सहुलियत लगायतका विषय रहेको उल्लेख गर्नुभयोृ ।
साथै कार्यक्रमा मन्त्रालयका निमत्ति सचिव जीतबहादुर थापाले मन्त्रालयको चालु आ.ब. २०७१।०७२ को बजेट तथा आ.ब २०७२।०७३ को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धी कार्यपत्र पस्तुत गर्नुभएको थियो ।






थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना