सिरहामा मातृ मृत्युदर शून्यमा झ¥यो, नवजात शिशु मृत्युदरमा समेत कमी

लहान, मङ्सिर १३ गते । सरकारले मातृ मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेपछि सिरहामा मातृ मृत्युदर शून्यमा झरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आव २०७०/७१ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि महिलाको मृत्यु भएको छैन ।

स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा दयाशङ्करलाल कर्णले जानकारी दिनुभयो ।

अघिल्लो आव २०६९÷७० मा बच्चा जन्माउने क्रममा दुई महिलाको मृत्यु भएको थियो । यस्तै आव २०७०÷०७१ मा छजना नवजात शिशुको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

आव २०६९÷७० मा भने १० जना, आव २०६८÷६९ मा १४ जना नवजात शिशुको मृत्यु भएको थियो । सरकारले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरुप रु ५०० र न्यानो लुगा दिन थालेपछि सिरहामा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्यामा बढेको हो ।

आव २०७०÷७१ मा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको सङ्ख्यामा १० हजार २५६ पुगेको छ भने घरमै दक्ष प्रसूतिकर्मीबाट ४३० जनाले सुत्केरी गराएको प्रमुख कर्णले जानकारी दिनुभयो ।

यस्तै आव २०७०÷७१ मा स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउने महिलाको सङ्ख्या सतप्रतिशत रहे पनि नियमित चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने महिलाको सङ्ख्या ५५ प्रतिशत रहेको उहाँले बताउनुभयो ।रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना