आन्दोलनका घाइतेहरुलाई सम्मान



कलैया ( बारा ) फागुन ७ गते । कलैया सदरमुकाम बचाउँ संघर्ष समिति बाराले सदरमुकाम कलैयाबाट सिमरामा मालपोत र नापी शाखाको इकाई सार्ने सरकारको निर्णय विरुद्ध गरेको आन्दोलनका घाइतेहरुलाई विहिवार कलैयामा सम्मान गरेका छन ।
आन्दोलका घाइतेहरु पूर्व सभासद जितेन्द्र सोनल सहित विनोद सर्राफ, पप्पु यादव, प्रभु साह, सफिक अंसारी, बलिराम कुमार, लालबाबु पडित, रैफुल मंसुर, प्रदिप साह, नरेश पटेल, सन्तोष यादव, सुमन चौधरी, शैलेन्द्र उपाध्याय, सुमित कुमार, जितेन्द्र मण्डल, परमहंश केसरी, श्यामकिशोर, धिरज सहनी, चिरकुट पासवान, साकिर मिया, विश्वनाथ साह, रन्जीत यादव, मुस्ताक अंसारी लगायतकालाई पूर्व सहायक मन्त्री कलावती पासवान, पूर्व सभासद प्रमोद गुप्ता, राष्ट्रिय मधेश समाजवादीका सचिव पारस साह, तमलोपाका केन्द्रिय सदस्य जितेन्द्र सिह, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य उमेश लाल दास, फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबु यादव, गणतान्त्रिकका अध्यक्ष ओमप्रकाश चौधरी, सचिता यादव लगायतकाले घाइतेहरुलाई फुलका माला लगाई सम्मान गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना