प्रजातन्त्र दिवसको अवसरमा सरसफाई अभियान

golbajar sarsafai photocapsion
लहान, फगुन ७ गते । ६५ औ प्रजातन्त्र दिवसको अवसरमा गोल वजार नगरपालिका , ईप्रका गोलवजार र सशस्त्र प्रहरी गोलवजार संयुक्त रुपमा सरसफाई अभियान संचालन गरेको छ ।
नगरपालिकाको कार्यकारी अधिकृत राज कुमार दास , ईप्रका गोलवजारको प्रहर िनिरिक्षक सन्तोष निरोलाको पहलमा थालेको सरसफाई अभियानले नव घोषित गोलवजारमा सरसफाई अभियान अगाडि वढाएकोमा यसलाई सकारात्मक र सहि कार्यको थालनी भएको भन्दै विभिन्न क्षेत्रका अगुवाहरुले सराहना समेत गरेका छन ।
स्थानीय निकाय , सुरक्षा निकायले जुन गतिमा सरसफईलाई प्राथमिकतामा राखेका छन , त्यहि गतिमा राजनीतिक दलहरु विभिन्न संघ संस्थाहरुले प्राथमिकता दिई अभियानलाई तिव्र पार्ने हो भन्ने सन २०१५ सम्ममा सरसफाई अभियान सफल हुने जेवाश सिसि सिरहाका संयोजक दिनेश्वर प्रसाद गुप्ताले आफनो धारणा राख्नु भएको छ ।
गोलवजार क्षेत्रमा रहेका दुई दर्जनको हाराहारीमा रहेका ईट्टा भाठाहरुमा शौचालय नरहेकोले प्रत्येक भठा संचालकहरुले शौचालय निर्माण गर्न थाल्नु पर्ने माँगहरु उठन थालेको गणधारणा सप्ताहिकका सम्पादक राम नारायण यादवले बताउनु भएको छ ।
प्रेस युनियनका केन्द्र सदस्य तथा संचारकर्मी राम वावु यादवको अनुसार जमीनको सरसफाई गरेर मात्रै पुग्दैन वातावरणको सरसफाईको लागि ईट्टा भठाहरु चुनौतीको रुपमा देखिएकोले यसको वैज्ञानिक समाधानमा समेत ध्यान दिन जरुरी रहेको औल्याउनु भएको छ ।
गोलवजारको अकाशमा ईट्टा भठाको धुवाले वातावरणको लागि चुनौती मात्रै होईन , स्थानीय किसानहरुको वाली नाली उत्पादनमा असर पर्नुको सािथै आँफ वाली पटक्कै नसखाप हुन लागेको छ भन्ने स्थानीय गरीव दलित वस्तीहरुमा श्वास प्रश्वास , क्षयरोग र दमका विरामीहरु समेत हवातै वढेको नेकपा माओवादीको केन्द्रिय सदस्य जगत यादवले भन्दै यसको व्यवस्थापनमा समेत सम्वन्धित निकायको ध्यान जानु पर्नेमा जोड दिनु भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना