सुनको पहाड माथि सुतेका गरीब कर्णालीवासी


Kalikotबिस्नप्रसाद न्यौपाने कालिकोट, कालिकाट फागुन ७ गते । कालिकोट जिल्लाका समानुपातिक सभाषद तुलाराज बिष्टले हामी कर्णालीवासीहरु सुनको पहाड माथि सुते पनि गरीब हुन बाध्य भएको बताउनुभएको छ । बुधबार कृषि विकास कार्यालय कालिकोटको हलमा आयोजित कृषि सवालमुखी वकालत तालिमको उद्घाटन गर्दै सभाषद बिष्टले यस्तो बताउनुभएको हो ।
        फास्टनोफर नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा विकास संचार केन्द्र हुर्डेक कालिकोटको आयोजना तथा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला र कर्णाली कृषि तथा खाद्य सरोकार समुह कालिकोटको समन्वयमा आयोजित पाँच दिन तालिमको उद्घाटनमा बोल्दै सभाषद बिष्टले कर्णालीमा भएको जल, जंगल, खनिज पदार्थ तथा जडिबुटिहरुको सदुपयोग मात्र गर्न सकिए देशलाई नै पाल्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, हामी कर्णालीवासीहरु सुनलाई सिरानी हालेर, नुनको खोजि गरिरहेका छौ । कर्णालीमा बिभिन्न सम्भावनाहरु रहेका छन् तर राज्यको दृष्ट्रि सजिलै यहाँ पुग्न नसकेका कारण हामी ओझेलमा परेका हौ ।
       कार्यक्रममा बिशेष अतिथि स्थानिय विकास अधिकारी टिकाराम ज्ञावालीले कृषि क्षेत्रमा गरिएको लगानी नतिजामुखी बनाउनमा सबैले अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म कृषि क्षेत्रमा राज्यले गरेको लगानीको सदुपयोग हामीले गर्न नसकेको बताउदै परम्परागत कृषि प्रणालीलाई आधुनिक तथा व्यवसायीकतामा जोेड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा कर्णाली कृषि तथा खाद्य सरोकार समुहका क्षेत्रीय संयोजक मायाराम महत्तराले कर्णालीको कृषि क्षेत्रले गति नलिनुमा राज्यले कृषि सम्बन्धि बनाएका नीतिहरु कर्णालीको बिशेषता अनुकुल नहुनु तथा स्थानिय रैथानेबालीहरुको संरक्षण गर्न नसकिनु प्रमूख कारणहरु रहेको बताउनुभयो । उहाँले कर्णाली कृषि क्षेत्रको विकासका लागि यहाँको बिशेषता अनुसारको राज्यको नीतिनै आवश्यक रहेको बताउदै अबको दिनमा सम्बन्धित निकायको ध्यनाकर्षण हुनु जरुरी रहेको बताउनुभयो ।
       कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत बासुदेव शर्मा पोख्रेलले कर्णालीमा स्थानिय रैथाने बालीहरुको संरक्षण गर्न सकिएर पनि यहाँको भबिष्य उज्वल रहेको बताउनुभयो । राज्यले नै कर्णालीका स्थानिय रैथाने बालीहरुको संकलन तथा अनुसन्धान गरिरहेको बताउदै जिल्ला कृषि विकास कार्यालय प्रमूख पाख्रेलले कालिकोट जिल्लामा पनि कोदो, फापर, चिनो, कागुनो जस्ता बालहिरुको विकास गर्नका लागि सबैको ध्यन केन्द्रीत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कालिकोटका पलाता क्षेत्रका पाँच गाविसहरुमा स्थानिय रैथाने बालीको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले कार्यक्रमनै संचालन गरिरहेको छ । कालिकोट जिल्लामा तराईदेखी उच्च पहाडसम्मको हावापानी पाईने भएका कारण पनि यहाँ बिभिन्न खेती प्रणालीहरुको लागि उपयुक्त छ ।
          जिल्ला वन कार्यालय प्रमूख माधवप्रसाद देवले कर्णाली अञ्चलको अधिकांश ठाँउहरुमा भिरालो जग्गा भएकाले फलफुल खेती गरी पहिरो नियन्त्रण गर्नुका साथै किसानहरुको आयआर्जनमा बृद्धि गर्नुपर्ने बताउनुभयो । भिरालो जग्गामा दिगो खेती प्रणालीको विकास गरिनुपर्ने बताउदै जिल्ला वन अधिकृत देवले वन जंगलको संरक्षण गरी कृषि क्षेत्रको विकास गरिनुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा हुर्डेक नेपाल कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले कर्णाली समग्र कृषि क्षेत्रका सवालहरु पहिचान गरी सम्भावनाहरुको खोजि गर्न यो तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्ला समय कर्णालीका रैथानेबालीहरु लोभ हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसको समयमै संरक्षणको पहल गरिनुपर्ने बताउनुभयो । बुधबारदेखी पाँच दिनसम्म संचालन हुने तालिममा कालिकोट, हुम्ला, जुम्ला, मुगु, डोल्पा र बजुरा गरी ६ जिल्लाका अगुवाहरुको सहभागिता रहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना