सम्मान पाएकोमा खुशी

photo dilli rai
काठमाडौँ, फागुन ६ गते । ‘जीवनको महत्वपूर्ण क्षण काँग्रेस र प्रजातन्त्र भन्दै जेलनेल र कुटाई खाएर बिताए पनि अहिले सम्मान र माला पाएको खुशी लागेको छ ।’प्रजातन्त्र दिवसका अवसरमा विहीबार प्रजातान्त्रिक सेनानी सम्मान–२०७० बाट सम्मानित हुन खोटाङदेखि राजधानी आइपुग्नु भएका डिल्लीप्रसाद राईले जीवनको अन्तिम घडीमा पाएको सम्मानको खुशी यसरी सुनाउनुभयो ।
उमेरले झण्डै साढे आठ दशक पुग्नुभएका राइले भन्नुभयो ‘उहिलेका कार्यकर्ता हामी, नेताको चाकडी गर्न पनि कहिले नजान्नेको अहिले आएर कदर हुन्छ भन्ने आश कसरी गर्नु ?आश नभएको उपहार अहिले पाउँदा त खुशीले सिमा नै छैन, यो सम्मान त मेरो जीवनको सबै भन्दा ठूलो उपलब्धी हो ।’
प्रजातान्त्रिक सेनानी राईको भनाईबाट पनि पुष्टि हुन्छ । साँच्चिकै प्रजातन्त्रका लागि दिलो जीउज्यान दिएर लागेका इमान्दार कार्यकर्ताले कति पीडित थिए भन्ने ।
नेपाली काँग्रेसले सुरू गरेको प्रजान्त्रिक आन्दोलनमा कहिले भूमिगत कहिले खुला रूपमा बन्दुक बोकेर नै उर्जाशील जीवन लगभग वेथित गर्नुभएका राईलाई पार्टी सत्तामा पुगेपछि केही होला भन्ने थियो, पार्टीले धेरै पटक सत्ताको नेतृत्व गर्दासमेत आफूजस्ता सच्चा र इमान्दार कार्यकर्ताको मूल्यांकन भएको थिएन ।
मेरो बुवा कर्णबहादुर राई तत्कालिन राणा शासकको विरोध, जनताको स्वतन्त्रता र प्रजातन्त्र ल्याउने अभियानमा सक्रिय भएकै कारण वर्षोसम्म नेता कृष्णप्रसाद र गणेशमानसँगै जेल वस्नुभयो, दुई नेता त सत्तामा पुग्नुभयो तर मेरो बुवाले केही पनि पाउनुभएन् त्यसैले बुवाको तुलनामा म त भाग्यमानी सम्मान त पाएँ नि प्रजातन्त्र सेनानी राईले थप्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना