मन्त्री पाण्डेद्घारा पुल उद्घाटन




पोखरा, असोज १४ गते । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले कास्कीको लाहाचोक र घाचोकको बीचमापर्ने लस्टिखोलामाथि बनेको मोटरेवल पुलको आज उद्घाटन गर्नुभयो ।

जिल्ला विकास समितिवाट रु एक करोड ४६ लाख २२ हजार २७६ को लागतमा बनेको सो पुलको लम्बाइ २४ दशमलव ७ मिटर रहेको छ ।

पुलको निर्माणपछि जिल्लाको लाहाचोक, घाचोक, माछापुच्छ«े, सार्दीखोला र रिभान गाविसका जनताको आवागमनमा सुविधा पुगेको छ ।

सो अबसरमा मन्त्री पाण्डेले पुल निर्माणले यस क्षेत्रका कृषि उत्पादनलाई बजारसम्म पुरियाउन सहज हुने भन्दै सरकारको सीमित स्रोत र साधनले भ्याएसम्म जिल्लाका अन्य ठाउँमा पनि मोटरेवल पुलको निर्माण गरिने बताउनुभयो ।

संविधान संशोधन गरेपछि २०७४ माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन गर्ने प्रक्रिया अगाडी बढाउने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दलको सक्रिय सहयोग अपरिहार्य भएको बिचार व्यक्त गर्नुभयो ।

स्थानीय विकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर नारायणप्रसाद श्रेष्ठ र बाटो निर्माण समितिका अध्यक्ष कुष्णकुमार श्रेष्ठ लगायतका वक्ताले जिल्लाको विकास निर्माणमा सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना