धादिङ दुर्घटनामा मृतकर्को संख्या १९ पुग्यो, १७ को सनाखत


मुरारी अधिकारी, धादिङ, असोज ११ गते । धादिङ सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै मंगलबार विहान ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको हो भने एक महिलाकोे शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक मध्ये १३ जनाको सनाखत भएको छ । जसमा सत्यदेवी गाउँ विकास समिति वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा(नाम नखुलेको), सत्यदेवी–३ का तिल बहादुर तामाङ, री गाउँ विकास समिति ८ का चन्द्रमान तामाङ, वडा नं ८ कै मन तामाङ, री २ का कासा लामा तामाङ, दार्खा ९ का रामचन्द्र सापकोटा, मार्पाक ५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन् । त्यसैगरी बसका चालक गोरखाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टर र नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाको पहल ल्याइएको डाईनेष्टिक एयरको सहायताले उद्दार गरी उपचारको लागि काठमाण्डौ पु¥याईएको हो । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भइरहेको छ ।
दुर्घटनामा पर्नेहरु अधिकाँश भूकम्प पीडितहरु हुन । नेपाल सरकारले घर बनाउन दिएको अनुदान स्वरुपको पहिलो किस्ता बापत ५० हजार रुपैया लिएर फर्किएका हुन् । धादिङवेसीको टिकट काउन्टरबाट ३१ जनाको चलानी लिएर दार्खा गाविसको किन्ताङफेदी गएको बसमा वीच बाटोबाट पनि यात्रुहरु चढेको बताइए पनि गाडीमा कति यात्रु थिए भने अझै सम्म खुल्न सकेको छैन । दुर्घटनास्थलमा पहिरो गएकाले सडक अवरुद्ध भएपछि स्थानीयवासीले पहिरो पन्छाएर बस अघि लैजान खोज्दा हिलोमा वस अनियन्त्रित भई पल्टिएको र बस ३ सय मिटर तल खसेको स्थानीयले मरिचमान तामाङले घटनाश्थलबाट जानकारी दिनुभएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा एक टोली घटनास्थल गएको थियो । घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर टाढा रहेकाले प्रहरी घटनाभएको दुई घण्टापछि मात्र पुगेको थियो ।

ट्रेकिङ गाइड सापकोटाको निधन
धादिङ जिल्लाको मार्पाकमा भएको सडक दुर्घटनामा परि ट्रेकिङ गाइड रामचन्द्र सापकोटाको निधन भएको छ ।
बस दुर्घटनामा परेर अर्थबाउन्ड ट्रेक्स एण्ड एक्सपिडिशनबाट ट्रेकिङ गर्दै आएका सापकोटाको घटनास्थलमा नै निधन भएको हो । उनी दार्खा – ९, वेशी स्थायी निवासी हुन् । ४१ वर्षीय सापकोटा आमाको उपचार गरि घर फर्कने क्रममा थिए । उनीसँगै दुर्घटनामा परेकी आमा भने सिकिस्त रहेकी छन् । सिकिस्त रहेकी आमालाई शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
रामचन्द्र घर गएको छ भन्ने मलाई थाहै छैन । अर्थबाउन्ड ट्रेक्स एण्ड एक्सपिडिशन प्रबन्ध निर्देशक राजन सिंखडाले वताउनु भयो । ‘एक्कासी दुर्घटनाको खबर आयो ।’ प्रबन्ध निर्देशक सिंखडाले रामचन्द्र सापकोटाका लागि आगामी अक्टोवर १ देखि ९ तारिखसम्मको एभरेष्ट ट्रेकिङ जाने कार्यक्रम बनाएको समेत बताउनु भयो ।

यसैबीच राससका अनुसार धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी, पद्मबहादुर थापा, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामा हुनुहुन्छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । जिल्ला सदरमुकामतर्फ ल्याइएका घाइते र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएका घाइतेहरूको सङ्ख्या यकिन गर्न नसकिएको उद्धारमा संलग्न मरिचमान तामाङले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका मिलन तामाङ, नोमो लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, ईश्वर सुवेदी, मनिङ तामाङ, टेकुमाया घले, मातेन तामाङ र छेले तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै ल्याइएको छ ।

सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको रु ५० हजार रकम लिएर घर फर्कँदै गरेका ५० भन्दा बढी यात्रु बोकेको बा ३ ख ३३१८ नम्बरको बस पल्टिएर दुर्घटना भएको जिप्रका धादिङले जनाएको छ । घटनास्थल सदरमुकामदेखि ३५ किलोमिटर टाढा पर्छ । रासस

dhading2

dhading1dhading

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना