दशैंको मुखमा दुर्गा मूर्तिबाट राम्रो कमाई

durgaवसन्त गिरी, कपिलवस्तु , असोज १० गते । बिजया दशमी नजिकिदै जाँदा कपिलवस्तुका मूर्तिकारहरूलाई अहिले मूर्ति बनाउन भ्याई नभ्याई छ । नवरात्रीमा जिल्लाका बिभिन्न स्थानमा स्थापना गरिने देवी देवताको माटोका मूर्तिहरुको माग अत्याधिक छ । समयमै मूर्ती बनाउन कालिगढहरु लागिपरेका छन् । 

एक महिना अघिदेखि मूतिबनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूतितयार पार्न तल्लनी छन् । सो कार्यका लागि भारतबाट समेत भूर्तिकारहरू आएका छन् । एक महिनादेखि मूतिबनाउन थालेका कृष्णनगर बजारका मुंगेरीलालले नजिकिदै गरेको दशैसंगै मूर्तिबनाउन ब्यस्त रहेको बताउनुभयो । मूर्तीकार भनेर ख्याति कमाएका उनलाई अहिले दुर्गा भगवती दानव, गणेश, कार्तिक, सरस्वती, लक्ष्मी लगायत विभिन्न देवी देवताका मूर्तिनिर्माण गरिरहेका छन् । दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूतिहरुका बनाउन आएको माग अनुसार दिनरात मूतिबनाउन लागि परेको उहाको भनाई छ ।
‘ पच्चीस सेट मूर्तिको अर्डर आएको छ , सयममा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन ’ उहाँले भन्नुभयो । असोज १५ गते घटस्थापना लगत्तै मूर्ति स्थापना भएकाले तौलिहवाका मूर्तीकारहरु समेत लागिपरेका छन् । तयार मूर्ति १५ हजारदेखि ५० हजार सम्ममा विक्री गरिन्छ ।
भारत विहारबाट आएका मूर्तिकार अनिलकुमार गुप्ता बहादुरगकञ्ज गाविसको गुर्चिहवामा चार सहयोगी कालीगढ सहीत मूर्ति बनाउन व्यस्त छन् । कोही मूर्तिहरूमा रंग रोगन गर्दैछन् भने कोही देव देवीका बाहन र उनीहरुले प्रयोग गर्ने शस्त्र–अस्त्रको व्यवस्था गरिरहेका छन् । कसैसँग कुरा गर्ने वा अलमलिने फुर्सद छैन उनीहरुलाई । ‘काम नगरी खान मिल्दैन, सिजनमा पाइएको काम गर्नै र्पयो,’ पसिनाले निथ्रुक्कै भिजेका बिहारको मुगेर जिल्ला घर भएका अनिलले भन्नुभयो ।
तौलिहवाका भूर्तिकार कृष्ण दयाल ठाकूरका मूर्ति बनाउन निकै व्यस्त छन् । तयार भएका भूर्तिहरूको रंगरोगनमा लागि परेका उहाँले मूर्ति समयमै उपलब्ध गराउन परेकोले आफूलाई कामको निकै चटारो भएको बताउनुभयो । गत बर्ष भन्दा तीन सेट कम मूर्तिको अर्डर आएको भन्दै उहाँले केही मूर्ति घटस्थापना र केही सप्तमी अघि डेलीभरी दिनु पर्ने जानकारी दिनुभयो ।
‘कामको व्यस्तताले दिनरात मूतिबनाउनै खटेको छु, , उहाँले भन्नुभयो । ठाकूरले एक सेट मूर्तिको १५ देखि २५ हजार मुल्यमा विक्री गर्ने गरेको बताउनुहुन्छ । डेढ महिना अघि मूर्तिबनाउन शुरु गरेको कृष्ण दयालले हरेक बर्ष मूर्ति बनाएर डेढ देखि दुई लाख सम्म आम्दानी गर्ने बताउनुहुन्छ ।
दुई दशकदेखि मूर्तिबनाउन शुरु गरेका कृष्ण दयाल भने ‘ आम्दानी र धर्म पनि कमाईने हुदा अली बढी मेहनेत गरेका छु । ’ कपिलवस्तुको नगरपालिका– २ भिक्षु चोकमा आफनो पुरै परिवार सहीत मूर्तिबनाउन कस्सिएका छन सुुनिल तिवारी ।
१५ देखि २५ हजार मुल्यमा बिक्री गर्ने योजनामा रहेको उनले आठ वटा मूर्तितयार गरेको र पेन्टीङ र सजावटको काममा लागेको बताउनुभयो ।
जिल्लाको कृष्णनगर बजार मात्र नभई जिल्लाको चन्द्रौटा, बहादुरगञ्ज तथा सदरमुकाम तौलिहवामा समेत दुर्गा झाकी प्रर्दशन गरिने हुँदा मूर्तिको माग बढेको कारिगरहरु बताउछन् । ६ नगरपालिका र ५३ गाबिसमा विजयादशमीमा दूई सय बढी स्थानमा दुर्गा झाकी स्थापना गरिन्छ । कतिपय स्थानमा घटस्थापनाका दिनदेखि र कतिपय स्थानमा सप्तमीका दिन अबेर रातिदेखि विशेष पूजा अर्चना गरी मूर्ती स्थापना गरिन्छ । मूर्तिलाई द्वादशी तिथीका दिन स्थानिय नदी तथा पोखरीम विर्सजन गरिन्छ । कालिगढहरुले बाँस र काठको ढाचा चयार पारि त्यसमा पराल, खर बाधेर माटो लिप्छन र मूर्तीको आकार दिएर सुकाउछन । सुकाएर तयार भएको मूर्ती रंगरोगन तथा साजसज्जा गरि तयार पारेर विक्री गरिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना