संरक्षण र हरित रोजगारी एक साथ

काठमाडौँ, असोज १० गते । झाडी, बुट्यान, स्याउला, सोत्तर, उन्यु, बोक्सी झार, माइकेनिया वनमारा झार लगायतका वन जंगलमा खेर गइरहेका वस्तुबाट चारकोल (कोइला ) तथा ब्रिकेट निर्माण गर्ने प्रविधिले एकातिर वन जंगलको संरक्षण, सरसफाई भएको छ भने अर्काेतिर गरिव, विपन्न परिवारको भरपर्दाे आर्थिक स्रोतको माध्याम बनेको छ ।  
तराईका जिल्लामा वैज्ञानिक वन व्यवस्थापन गर्दा निस्कने वनमारा झार, रुखका हाँगाबिगा, पात पतिङ्गर लगायतका फोहोर तथा पहाडतिरका सामुदायिक वन सफाइ गर्दा निस्कने बोक्सी झार, स्याउला सोत्तरको प्रयोगबाट चार कोल तथा ब्रिकेट उत्पादन गर्ने प्रविधिको विकास भएपछि वातावरण संरक्षण र आर्थिक गतिविधि एकसाथ सञ्चालन हुन थालेका छन् ।  
घरेलु तथा औद्योगिक प्रयोजनका लागि ऊर्जाका रूपमा प्रयोग गरिने भारतबाट आयात कोइलालाई यसले विस्थापित गर्न थालेको छ ।  विशेष गरी ईटा तथा अगरबत्ती उद्योग तर्फ ठूलो मात्रामा भारतबाट आयात गरिने कोइलाको प्रयोग हुँदै आएको परिपेक्षमा स्वदेशभित्रै त्यसका वैकल्पिक स्रोतका रूपमा चारकोल उत्पादन हुन थालेपछि व्यवसायी र स्थानीय बासिन्दा दुवैलाई सहज र फाइदा हुने गरेको छ ।  ऊर्जाको बचत, वातावरणको संरक्षण र स्वदेशभित्रै गुणस्तरीय उत्पादन हुँदा देशको ढुकुटी बाहिरिनबाट बचेको छ ।  
सामुदायिक वनभित्र प्रशस्त स्याउला, सोत्तर तथा झारपात पाइन्छन्, त्यसै खेर जाने वस्तुलाई उपयोग गरेर हाल आम्दानी भइरहेको छ, सिन्धुपाल्चोक जिल्लाको सामुदायिक वन उपभोक्ता किरण तामाङले भन्नुभयो ।  वर्षको एक, दुई पटक सामुदायिक वन सरसफाई गर्नैपर्छ, हिजोको दिनमा फोहोर भन्दै आगोले पोलेर धुँवा उडाउने चिज आजभोलि आम्दानीको स्रोत बनेको छ, उपभोक्ता तामाङले भन्नुभयो ।  यो प्रविधिलाई हेल्भेटासले जैविक ऊर्जा परियोजना सञ्चालन गरी देशभरका १६ वटा जिल्लामा सञ्चालन गरिरहेको छ ।  स्वच्छ तथा नवीकरणीय ऊर्जाको स्रोतको रूपमा परियोजनाले स्थानीय समुदायमा प्रविधिको विकास, विस्तार तथा हस्तान्तरण गरिरहेको छ ।  स्थानीयतहमा रोजगारी सिर्जना गर्नका लागि परियोजनाले लक्षित समुदायलाई प्रविधिसँग सम्बन्धित तालिमहरू प्रदान गर्दै आएको छ ।
उता सरकारले तराईका सबै जिल्लामा वैज्ञानिक वन व्यवस्थापनको कामको थालनी गरिसकेको छ ।  बुढा, धोत्रा रुख कटानी गर्दा निस्कने हाँगाबिगा, पात पतिङ्गर, वनमारा झारलगायतका वस्तुबाट सामुदायिक वनभित्रका गरिब, विपन्न उपभोक्ताको आम्दानीको राम्रो स्रोत चारकोल भएको कुरा वारा जिल्लाका जिल्ला वन अधिकृत जीवन ठाकुरले बताउनुहुन्छ ।  वन अधिकृत ठाकुरले भन्नुभयो, यसले स्थानीय स्तरका रोजगारीको सिर्जना गरेको छ भने वातावरणीय स्वच्छताका लागि पनि यसको ठूलो भूमिका रहेको छ ।  खेर जाने कुराको सदुपयोग हुँदा स्थानीय उपभोक्ता निकै खुसी भइरहेका छन् ।  
गर्मी याममा डढेलोको मूल कारण नै वनमारा झाडी हुने र त्यसले वन जङ्गल, वन्यजन्तुलगायतका धनजनको ठूलो क्षति पु¥याउने भएकाले स्थानीय उपभोक्ताको सहभागितामा यसका सदुपयोग गरिने अभियानलाई देशभर चलाउनुपर्ने धारणा वन अधिकृत ठाकुरको छ ।  उता चारकोलमा लगानी गरेका बाराका स्थानीय लगानीकर्ता सरोज कोइरालाका अनुसार स्थानीय बजारमा चारकोल सस्तो र निकै लोकप्रिय भइरहेको छ ।  कोइरालाले बारा, मकवानपुर र सिन्धुलीमा चारकोल उत्पादन गर्नका लागि ठूलो लगानी समेत गर्नुभएको छ ।  विशेष गरी इट्टा, अगरबत्ती उद्योग, होटल व्यवसायमा चारकोलको बढी प्रयोग भइरहेको उहाँले बताउनुभयो ।  माग निकै बढीरहेको छ, यसको महìवको बारेमा बिस्तारै सबैले बुझ्न थालेका छन्, विशेष गरी संरक्षण र रोजगारी एकसाथ दिने हुँदा स्थानीय बासिन्दा निकै आकर्षित भइरहेका छन् कोइरालाले भन्नुभयो ।  

स्वास्थ्य र वातावरण दुवैलाई ठीक छ

mun shrestha_1मुन श्रेष्ठ, परियोजना प्रमुख

यसको प्रयोगबाट स्वास्थ्य र वातावरण दुवैलाई फाइदा पु¥याएको हुन्छ ।  वनमा खेर गइरहेको वनमारालगायतका वन पैदावारबाट गुणस्तरीय चारकोलको उत्पादनको प्रविधिलाई हामीले स्थानीय समुदायमा हस्तान्तरण गर्न लागि रहेका छौँ ।  वन जङ्गलमा खेर गइरहेको वनमारा झार वनमै राख्दा गर्मी याममा वन डढेलो लाग्नेभएकाले यसको सदुपयोग कुनै न कुनै रूपमा गर्नै पथ्र्याे ।  परियोजनाले यही कुरालाई दृष्टिगत गरी यो प्रविधि भित्र्याएको हो ।  जसले गर्दा यस क्षेत्रमा ठूलो लगानीकर्ताहरू पनि आकर्षित हुन थालेका छन् ।  बजारको समस्या छैन, जसले गर्दा स्थानीय गरिब, विपन्न तथा महिला वर्गलाई विशेष राहत मिलेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना