पुनःनिर्माण प्राधिकरणको बैठक

Reconstruction-Authorityकाठमाडौँ, असोज १० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको  निर्देशक समितिको बैठक सोमबार बस्ने गरी स्थगित गरिएको छ ।  
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गर्नुभएको प्रगति विवरण र प्राधिकरणले सामना गर्नु परेका चुनौतीका बारेमा बुँदागत छलफल गरी निर्णय गर्ने गरी बैठक स्थगित गरिएको प्राधिकरणले जानकारी दिएको छ ।  बैठक आइतबार बोलाइएको थियो ।
बैठकमा निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल र निर्देशक समितिका उपाध्यक्ष भीम रावलले प्रगति विवरण र अन्य एजेन्डाका बारेमा कुनै प्रतिक्रिया नदिई भोलि नै बुँदागत रूपमा छलफल गर्ने बताउनुभएको प्राधिकरणले जानकारी दिएको छ ।  बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म भएका संस्थागत एवं कर्मचारी व्यवस्थापनका बारेमा तयार भएका नीति, नियमावली, कार्यविधि, निर्देशिका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै वित्तीय स्रोत परिचालनमा भएको प्रगति, निजी आवास पुनःनिर्माण तथा बस्ती विकासमा भएको प्रगति, पुराताŒिवक सम्पदा र विद्यालय तथा स्वास्थ्य केन्द्रहरू, सुरक्षा निकायका भवनहरूको पुनःनिर्माणमा भएका कार्यहरूका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो ।
उहाँले अति प्रभावित ११ जिल्लामा अनुदान सम्झौता र पहिलो किस्ताको रकम  वितरणको अवस्था एवं आइपरेका समस्याका बारेमा जिल्लागत अवस्थासहित जानकारी गराउनुभएको थियो ।
उहाँले काठमाडौँ उपत्यकामा लगत सम्परीक्षणको कार्य अन्तिम चरणमा पुगेको  र केही दिनभित्र अनुदान सम्झौताका कार्य अगाडि बढाइने तयारी भएको जानकारी दिनुभयो ।  बाँकी १७ जिल्लामा सर्वेक्षणका लागि डीएफआईडीसँग सहकार्य गर्ने सम्झौता भएको पनि बैठकमा जानकारी गराउनुभयो ।  
उहाँले दुई लाख  रुपियाँ अनुदान प्राप्त गर्ने लाभग्राहीमा नपरेका र घर मर्मतसम्भार तथा प्रबलीकरण गर्नुपर्ने घरधनीका लागि ५० हजार रुपैयाँ अनुदान दिने निर्णय भएकाले त्यसका लागि कार्यविधि परिमार्जनको पक्रिया अगाडि बढिरहेको  पनि जानकारी गराउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना