पूर्व गृहमन्त्री घिमिरे चडेको गाडी दुर्घटना तीनको मृत्यु तीन वेपत्ता

 


शालिग्राम नेपाल, वसन्त पराजुली । चितवन, असोज ९ गते । पूर्व गृहमन्त्री माघवप्रसाद घिमिरे चडेको गाडी चितवनको घेप्टेभीरबाट त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीनजना नदीमा वेपत्ता भएका छन् एक जनाको जिवितै उद्धार गरिएको छ ।
मुक्तिनाथमा श्राद्ध गरेर परिवारसहित फर्कैदै गरेका पूर्व गृहमन्त्री घिमिरे चडेको बा ९ च १५३१ नं. जीप दुर्घटना हुदा तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । मृत्यु हुनेमा घिमिरेका आमा चैतन्यकुमारी घिमिरे, सशस्त्रका सही रामचन्द्र कार्की र नारायण काफ्ले रहेका छन् । उनीहरुको शब दुर्घटना स्थलबाट निकालिएको थियो ।
नदीमा वेपत्ता हुनेमा पूर्व गृहमन्त्री घिमिरे, मोहन घिमिरे, प्रकास घिमिरे रहेका छन् । दुर्घटनामा जीप चालक विष्णु राइ घाइते भएका छन् । उहाँलाई उपचारको लागि भरतपुरमा ल्याइएको छ ।
श्राद्ध सकेर पोखरा हुँदै काठमाण्डौ जाने क्रममा पृथ्वी राजमार्ग अन्र्तगत चितवनको दारेचोक गाविस वडा नं. ४ घोप्टेभीरबाट करिव एकसय ३० फिट तल त्रिशुली नदीमा खसेको ट्राफिक प्रमुख भेटवालले जानकारी दिनुभयो ।
नदीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । अपरान्ह साढे ४ बजे भएको दुर्घटनमा वेपत्ता भएकाहरुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतले खोजी कार्य जारी राखेका छन् ।

 

 

तस्बीर साैजन्य ः विनाेद श्रेषठ मुग्लिन 

car

car3

car2



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना