विगतको सम्झौताअनुसार नै संविधान जारी हुन्छ– मन्त्री निधि


Bimalendra nidhiविराटनगर ९बरगाछी०, ५ फागुन । भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले विगतको सहमति र सम्झौताको आधारमा सङ्घीय गणतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही दिनमै विपक्षी मोर्चासँंग सहमति गरेर संविधान निर्माणको प्रक्रियमा अघि बढने जानकारी दिनुभयो ।

विगतको सहमति सम्झौताको पालना गर्न काँग्रेस र एमाले तयार रहेको बताउँदै उहाँले पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको सिमाङ्कन र नामाङ्कनमा मात्र विवाद रहेकाले दलहरू सहमति नजिक रहेका छन् भन्नुुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना