जातीय सङ्घीयता निर्माण गर्नु हुँदैन –भाजपा नेत्री

RENU DEVI WITH RISHI DHAMALAकाठमाडौँ, ५ फागुन । भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणुदेवीले नेपाल तथा भारतबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध भएकाले एउटाको पीडा अर्को देशको पीडा हुँदै आएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सदियौँ पुरानो दुई मुलुकबीचको सम्बन्ध बिगार्न खोज्नेहरूको उद्देश्य कहिले पूरा नहुने बताउँदै ‘नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण दुई देशबीचको सुमधुर सम्बन्ध तोड्न खोज्नेहरू विभिन्न कोणबाट सक्रिय रहेकाले’ त्यसतर्फ नेपाली चनाखो बन्नुपर्नेमा जोड दिनुभयो ।
नेत्री देवीले भन्नुभयो–“जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ, जातीय सङ्घीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भई विनाश हुने खतरा छ, नेपालको एकता, शान्ति र विकासका लागि जातीय सङ्घीयता निर्माण गर्नु हुँदैन ।” उहाँले नेपाललाई टुक्रा टुक्रा पार्न खोज्नेहरूको नियोजित उद्देश्य कहिले पूरा हुन नसक्ने बताउँदै नेपालको विनाश गर्न खोजिएको अवस्थामा भारत चुप लागेर नबस्ने र नेपालको एकताका लागि सधैँ सहयोगी बनिरहने वचन दिनुभयो ।
भारतबाट पाठ सिक्न आग्रह
उपाध्यक्ष देवीले भारत संविधान निर्माणका क्रममा रहँदा नै विभाजन भोगेकाले नेपालका नेताहरूलाई सुझबुझका साथ संविधान बनाउन आग्रह गर्दै नेपालको एकता, स्थिरता र विकासका लागि भारत सधँै चिन्तित रहेको र आफू २० वर्षअघि नेपाल आउँदाको भन्दा अहिले खासै विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेत्री देवीले भन्नुभयो– “नेपालमा दुई पटक संविधानसभाको चुनाव भइ सक्दा पनि समयमा संविधान बन्न नसक्नाले विकासमा अवरोध सिर्जना भएको छ, विकास र रोजगारीले मात्र सबै जाति तथा समुदायको उत्थान भई सबै नेपालीको प्रगति हुने छ र नेपालको विकास अगाडि बढ्ने छ ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना