अख्तियार प्रमुखका विषयमा संसदमा छलफल हुन्छ ः मन्त्री थापा


gagan_1शालिग्राम नेपाल, चितवन, असोज ६ गते । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका विषयमा संसदमा छलफल गर्न सकिने बताउनु भएको छ ।
प्रेस युनियन चितवनले विहीबार भरतपुर विमान स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसदमा छलफल गर्नु हुँदैन भन्ने मानसिकता ठिक नभएको बताउनु भएको छ ।
‘प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसदमा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि किन कुरा गर्न नमिल्ने’ उहाँले भन्नुभयो ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन सोचाइ हटाउनु पर्दछ ।’
अख्तियार प्रमुखको सर्वाेच्च अदालतमा समेत छलफलको विषय बनेको बताउँदै मन्त्री थापाले सर्वाेच्चले सरकारलाई दिर्नेशन दिईसकेकोले सरकारले त्यसको पालना गर्नुपर्ने बताउनुभयो । माओवादी लडाकुको शिविरको अनियमितताको विषयमा पनि छलफल गर्नुपर्ने मन्त्री थापाले बताउनुभयो । “यो विषय संवैधानिक निकायमा छलफलको विषय बनेकाले यस विषयमा जुन ठाउँमा छलफल हुनुपर्ने हो, त्यहाँ छलफल हुन्छ ।”
चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै उहाँले यसको छानबिन गर्नुपर्ने बताउनुभयो । छलफल गर्ने कुरामा नै डराउनु गलत भएको भन्दै उहाँले यस विषयलाई सर्वाेच्च अदालतमा समेत छलफलको विषय बनेको बताउनुभयो । मन्त्री थापाले सर्वाेच्चले समेत सरकारलाई केही निर्देशन दिइसकेको भन्दै सरकारले त्यसको पालना गर्नुपर्ने बताउनुभयो ।
मन्त्री थापाले डाक्टर गोविन्द केसीका अधिकांश मागका सम्बन्धमा सरकार सकारात्मक रहेको बताउनुभयो । “एकैपटक माग पूरा हुन नसकेपनि चरणबद्ध रुपमा माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।” चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भईसकेको बताउँदै मन्त्री थापाले ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिईने बताउनु भयो ।
मनमोहन स्मृति प्रतिष्ठानले संचालन गरेको कलेजको सम्पत्ति वीर अस्पतालले खरिद गर्ने सम्झौता भईसकेको बताउँदै मन्त्री थापाले वीर अस्पताल अन्तर्गत रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरामा आफूले प्रस्ताव गरेको बताउनु भयो । सातै प्रदेशमा एक एक वटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएको जानकारी दिंदै मन्त्री थापाले लाथालिङ र भताभुङ अवस्थामा रहेको स्वास्थ्य क्षेत्र सुधारका लागि तलदेखि माथिसम्म सुधार गर्ने बताउनु भयो ।
फरक प्रसंगमा मन्त्री थापाले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको व्यवस्थापकीय त्रुटी, अनियमितता, स्रोत र साधनको उपयोग नभएको भन्दै यसको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना