मनास्लु पदमार्गको पहिरोका घाइतेलाई राजधानी ल्याइयो

injourनरेन्द्र ढकाल, गोरखा, असोज ६ गते । मनास्लु पदमार्गमा पहिरो जाँदा एक विदेशी सहित चार चार जनाको ज्यान गएको छ । उत्तरी गोरखामा केरौजा गाविस वडा नम्बर ९ दोभान र उहिया गाविस तातोपानी जोड्ने झोलुङगे पुल नजिकै बिहिबार बिहान गएको पहिरोले पुर्दा चार जनाको ज्यान जानुका साथै ६ जना गम्मीर घाईते भएका छन् ।
ा बिहीबार बिहान करिब ८ बजे पहिरो गएको स्थानीयले जनाएका छन् । पहिरोमा परि दुई स्पेनिस नागरिक सहित ओखलढुङ्गा घर भएकी क्यान नामक गैर सरकारी सस्थामा काम गर्ने २५ वर्षिया रञ्जना बस्नेत, पर्यटक गाईडहरु काठमाडौं गोर्कणका ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीय छिरी शेर्पाको मृत्यु भएको गोरखाका प्रहरी उपरिक्षक जनकराज पाण्डेयले बताउनु भयो ।
पहिरोमा परि अन्य ११ जना विदेशी र दुई जना नेपाली घाइते भएका छन् । घाइतेहरुलाई दिउँसो १ बजे फिस्टेल एयरको हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं लगिएको छ ।
घाइते हुने दुई नेपालीमा सोलुकी २४ वर्षीया प्रिति मगर र २५ वर्षीया चेतकुमारी मगर रहेका प्रहरीले बताएको छ । उनीहरुको टाउको तथा खुट्टमा चोट लागेको बताइएको छ । पहिरो च्यापिएका मृतृकको सब निकाल्न नसकिएको प्रहरीले बताएको छ । पिक माउनटेन एडभेन्चर नाम ट्रावल एजेन्सी मार्फत २५ जनाको समूह मनासलु पदमार्ग हुँदै लार्केपासका लागि गएको प्रारभिक जानकारी प्राप्त भएको प्रहरी उपरिक्षक पाण्डेयले जानकारी दिनुभयो । दुर्घटना स्थल जिल्ला सदरमुकामबाट करिब २२ कोष टाढा पर्छ । घटना भएको ३ घटना पछि माछाखोला प्रहरी चौकी बाट साता जना प्रहरी घटना स्थलमा पुगेको र इलाका प्रहरी कार्यलयबाट थप प्रहरी घटना स्थलमा पुगेको एस्पी पाण्डेयले बताउनुभयो । भूकम्पले जोखिम बनेको पदमार्गमा लगातारको वर्षा पछि पहिरो गएको हो ।
ठुलो पहिरो गएको र अहिले पछि पहिरो झर्ने क्रम जारी रहेको भन्दै सो क्षेत्रमा यात्रा गर्न रोक लगाईको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भन्नुभया े‘सो क्षेत्रमा अहिले पनि पहिरो झरिरहेको छ, हामीले प्रहरी पठाएर सो क्षेत्रमा आवातजावतका लागि रोक लगाएका छौ।’ घटना स्थलमा प्रहरी पुगे पनि अहिले त्यहाँको थप जानकारी लिन नसकेको एस्पी पाण्डेले बताउनुभयो‘प्रहरी घटना स्थलमा पुगेको छ, त्यहाँ हाम्रो सञ्चार सिस्टेमले पनि काम गर्दैन, अन्य सञ्चारको सुबिधा पनि छैन ।’
भूकम्प पछि प्रायः ठप्प बनेको मनास्लु पदमार्गमा एक पछि अर्को घटना हुँदा पदमार्ग नै काहाली लाग्दो भएको छ । गत भदौ महिनामा केरौजा गाविसका नै पहिरो जाँदा ३ जना स्थानियको ज्यान गएको थियो । पदमार्ग जोखिम पुर्ण भएको भन्दै सो क्षेत्रका स्थानियहरुले बारम्बार मर्मतका लागि जिल्लाका सरोकारवालाहरुलाई हारगुवार गरिरहेका छन् । ग्रेट हिमालयन ट्रेल, जिल्ला विकास समिति, गाविस र डब्लु एफ पी लगायतका गैरसरकारी सस्थाले मर्मतका लागि विभिन्न काम गरेको बताए पनि पदमार्गमा केही काम हुन नसकेको स्थानियको गुनासो छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना