खाद्य संस्थानले दसैँमा खसीबोका बेच्ने

khasi-boka-Dashainकाठमाडौँ, असोज ६ गते ।  नेपाल खाद्य संस्थानले यस वर्षको दसैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याई बिक्री गर्ने योजना बनाएको छ ।  
खसीबोका घटस्थापनाका दिनदेखि बिक्री सुरु गर्ने जनाएको छ ।  नेपाल खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले यस वर्ष दसैँमा काठमाडौँमा एक हजार पाँच सय खसीबोका र एक हजार पाँच सय च्याङ्ग्रा बिक्री गर्ने तयारी रहेको बताउनुभयो ।  
दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले खाद्य संस्थानले बर्सेनि विभिन्न जिल्ला र तिब्बबाट खसीबोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने गरेको छ ।  गतबर्ष नाकाबन्दीका कारण इन्धन अभाव र यातायात व्यवस्था प्रभावित रहेका कारण खसीबोका राजधानी भिœयाउन ढिला भएपछि सर्वसाधारण नागरिकबाट गुनासो आएको थियो ।  सोही कुरालाई ध्यानमा राखी यस वर्ष संस्थानले घटस्थापनाको अघिल्लो दिन नै ल्याएर बिक्री गर्ने तयारी गरेको हो ।  
संस्थानका प्रवक्ता कार्कीले उपत्यकाबासी उपभोक्ताका दसँैका लागि खसीबोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो ।  उहाँले भन्नुभयो, “यस वर्षको दसैैँका लागि खसीबोका सिरहाको लाहानबाट ६७५, हेटाँैडाबाट ६२५, दाङको तुलसीपुरबाट दुई सय गरी एक हजार पाँच ल्याइने भएको छ भने च्याङ्ग्रा मुस्ताङबाट ल्याइने भएको छ र सबै ठाउँमा खरिद प्रक्रिया सुरु भएको छ । ”
कार्कीका अनुसार संस्थानले खरिद गर्ने ती खसीबोका र च्याङ्गा स्वस्थ रहे, नरहेको संस्थानले परीक्षण गर्ने भएको छ ।  उपत्यकामा ल्याउनका लागि खरिद गरेका खसीबोका वा च्याङ्ग्रा मासु सम्बन्धित जिल्ला पशुचिकित्सकद्वारा परीक्षण भएपछि मात्र पठाइने र यहाँ ल्याएपछि पशुचिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराएर मात्र बिक्री गरिने उहाँले जानकारी गराउनुभयो ।  
संस्थानले बिक्रीका लागि ल्याउने खसीबोका र च्याङ्ग्राको मूल्य भने खरिद गरेर उपत्यकामा आइपुगेपछि मात्रै कायम गरिने भन्दै प्रवक्ता कार्कीले संस्थानले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा बजारमा पाइनेभन्दा सस्तो हुने जानकारी गराउनुभयो ।
दसैँमा मासुको माग अत्यधिक हुने हुँदा मूल्य अकासिने गरेकाले मासु बजार नियन्त्रण गर्नका लागि संस्थानले विगतका वर्षदेखि खसीबोका र च्याङ्ग्रा ल्याई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ ।  संस्थानले बिक्रीका लागि ल्याएका खसीबोका र च्याङ्ग्रा घटस्थापनाका दिनदेखि फूलपातिको दिनसम्म बिक्रीवितरण गरिसक्ने जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना