साइला तामाङलाई ८५ बर्षको उमेरमा नागरिकता

nagarikataमधुसुदन तिमिल्सिना, काभे्र, असोज ५ गते । जिल्लाको मेच्छेपौवा गाविस बडा न–२ का साइला तामाङले ८५ बर्षको उमेरमा नागरिकता पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालय काभे्रका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बुधबार ८५ बर्षिय तामाङलाई नागरिकता प्रदान गर्नुभएको हो । तामाङ वि स १९८८ बैशाख ५ गते जन्मिनुभएको हो ।
आफन्त कोही नभएको, एक्लै जीवन चलाउदै आउनुभएको तामाङलाई मेच्छे–२ का बडा नागरिक मञ्चका संयोजक सूर्यमान तामाङ र भान्जा इमानसिं तामाङको सहयोगमा नागरिकता प्रदान गरिएको प्रजिअ पन्थीले जानकारी दिनुभयो ।
भूकम्पले घर भत्किएको र लाभग्राहीमा नाम समेत प्रकाशित भएपछि नागरिकताको आवश्यता प¥यो तर उहाँको कोही पनि नागरिकता सिफारिसको लागि नभएपछि आफूहरु प्रशासन कार्यालयमा समस्या लिएर आएको बडा नागरिक मञ्चका संयोजक सूर्यमानले बताउनुभयो । सिडियो साहेबले के भएको रहेछ म बुच्छु भन्नुभएको थियो,एक हप्ता पछि दिनुभयो ।
बोल्न खासै नजान्ने तामाङ भाषा मात्र बुझने साइला तामाङले प्रजिअ मार्फत नागरिकता पाएपछि खुशी प्रकट गर्दे हातजोडनुभयो । बिहावारी सम्म नगरेका तामाङको जग्गा जमिन समेत छैन । उहाँलाई नागरिकता बनाइदिन बसे आफैले पाल्नुपर्ने र जग्गा समेत दिनुपर्ने भन्दै गाँउहरु समेत आउन नमानेको सूर्यमानले बताउनुभयो ।
प्रशासकीय अधिकृत अच्युत ढुङ्गाना द्वारा हस्ताक्षरित नागरिकता बंशजको आधारमा प्रदान गरिएको छ । प्रजिअ पन्थीले अनाथ, असहाय, बृद्ध र आधार नभएकालाई नेपाल सरकारले तोकेको ऐन अन्र्तगत नागरिकता प्रमाणपत्र दिइएको जानकारी दिनुभयो । हामीले त्यहाँको स्थलगत रिर्पोट, र पाँच पुस्ते नाताका आधारमा दिएका छौ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना