चिवा भञ्ज्याङमा पर्यटक पुग्न थालेपछि चहलपहल बढ्याे

tourism1नारायण तुम्बापो, फिदिम, असोज २ गते । मध्यपहाडी पुष्पलाल लोकमार्गको ट्रयाक खुलेपछि चिवा भञ्ज्याङमा पर्यटक पुग्न थाल्दा स्थानीय खुसीसंगै दुखित पनि हुने गरेका छन् । भारतसंगको सिमावर्ती क्षेत्र पाँचथरको चिवामा पुग्ने आगन्तुकले रैथानेलाई खुसीखिन्न दुवै पार्ने गरेका हुन् ।
पर्यटकले आउदा उज्यालो फर्किदा अध्यारो मुख लगाएको देख्दा यसले स्थानीयलाई विलखबन्दमा पार्ने गरेको हो । पहिलो चोटी पुगेर चिवाको भूमिमा टक्क पाइला टेक्न पाउदा पर्यटक खुब रोमञ्चित हुन्छन् । त्यसपछि थप पाइला लम्काउदै वरपरको सुन्दरतामा टहलिएर मज्जाले घुम्न रम्न नपाउदा पर्यटक वेचयन बन्ने गरेका हुन् । भारतीय सिमा सुरक्षा बल ( एसएसबी ) को कडा निगरानीका कारण पर्यटकले त्यस्तो अवस्था भोग्नु परेको हो । एसएसवीले अनावस्यक सोधपुछसंगै चेकजाँच गरेर दुःख दिनाले पर्यटकले निकै खल्लो महसुस गर्ने गरेका हुन् । यस प्रकारको असुविधा भोगेपछि प्रफुल्लित मुद्रामा आउने पाहुना नमिठो मान्दै फर्कदा कसलाई मजा लाग्छर–च्याङ्थापु, १ का मंगलबेघाले बताउनुभयो । उहाँले भन्नुभयो–त्यसैले पर्यटक आउदा हामी खुसी नै भएपनि फेरी नआउने गरि फर्किएर जाँदा दुखित हुन्छौ ।
नेपाल तर्फबाट चिवामा आइपुग्ने दर्जनौ नेपाली पर्यटकले एसएसबीका कारण यहाँको रमणियतासंग निर्धक्कले रमाउन नपाउने गरेका हुन् । पाँचथरको नागी गणेशचोक स्थितको मेचीमार्गसंग जोडिएर बढेको मध्यपहाडी मार्ग हुदै थर्पू, ओयोम, फलैचा, च्याङ्थापुबाट पर्यटक चिवा पुग्न थालेका हुन् । भारत सिक्किमसंगको सिमावर्ती क्षेत्र र वहुप्रतिष्ठित मध्यपहाडी लोकमार्गको उद्गम स्थल रहेकाले चिवाको महत्व पर्यटकिय हिसावले उच्च बनेको छ । यस क्षेत्रबाट उच्च हिमाली तथा पहाडी दृष्यहरु धितमरुन्जेल आमने सामने भएर नजरपान गर्न सकिन्छ । चिवाको आकर्षण बढाउने यसको सेरोफेरोमा फालोट पहाड, सिंहलिला जङ्गल, तिम्बुपोखरी, चरी भञ्ज्याङ, दुर्लभ रेडपाण्डा, जडीबुटी पाइन्छन् । यिनै दृष्यहरुसंग साक्षात्कार गर्न लोभिने पर्यटक वृद्धिले जिल्लाको दुरदराज ओयाम, फलैचा, च्याङ्थापु गाविसमा मानविय चहलपहल समेत बढ्न थालेको पाइएको छ । यसले गर्दा एसएसबीले सुरक्षा सतर्कता बढाउदाको मार पर्यटकले भोग्नु परिरहेको छ । यता नेपालतर्फ अझैसम्म नेपाली सुरक्षाकर्मी नहुदा पर्यटकले बढी असुरक्षाको महसुुुस गर्ने गरेकोले सरकारले चाँड सुरक्षा व्यवस्था गर्नुपर्ने फलैचा–७ का सन्त बेघाले बताउनुभयो । यहाँ सुरक्षासंगै सञ्चार र यातायातको राम्रो व्यवस्थापन गरेर विदेसीलाई समेत आकर्षित गर्न सके पर्यटन विकास गरेर ठूलो लाभ लिन सकिने च्याङ्थापु–७ का मकर वेघाले बताउनुभयो । ४÷४ किलो मिटरको अन्तरमा भारतीय सुरक्षा पोष्ट राखिएको चिवा क्षेत्रमा भारतीय नागरिकलाई भने हिड्डुल गर्न स्वतन्त्र छ । यहाँ गर्मीयाममा सितल खान र हिउद याममा हिउँ खेल्नकै लागी पनि पर्यटकहरु पुग्ने गरेका छन् । यहाँबाट सगरमाथा, कनचन्जंगा, कुम्भकर्ण लगायतका हिमश्रृखला देख्न सकिन्छ ।
नेपाली सुरक्षा प्रबन्ध नहुँदा भारततर्फबाट नेपाल प्रवेश गर्नेले यहाँ पाइने पाँचऔंले, पाखनवेद, चिराइतो लगायतका जडिबुटि र दुर्लभ रेडपाण्डाको चोरी तथा सिकारी गर्ने गरेका छन् । उक्त पर्यटकिय सिमा क्षेत्रमा भारतद्धारा पर्यटकलाई सुल्क लिने गरेको समेत स्थानीयबासीको भनाई छ । यहाँ अध्यागमन नभएकोले यस क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्नमा कठिनाई भएको प्रशासनले जनाएको छ । भारतसंग पाँचथरको ४५ किलोमिटर भुगोल जोडिएको छ ।
फाटो पनि छ ।
१) पाँचथरको सुदुर पूर्वोत्तर चिवा भञ्ज्याङबाट देखिने सुन्दर पहडी तथा हिमाली दृष्य । २) चिवा भञ्ज्याङ स्थित भारततर्फको सुरक्षा पोष्ट । तस्विर ः नारायण तुम्बापो÷पाँचथर

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना