डुंगा दुर्घटनामा ३७ काे उद्दार, २३ काे अवस्था अज्ञात, बढीले खाेजीमा वाधा


फुलचन्द मेहता, सचिन पाेखरेल, इनरुवा, असोज १ गते । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर ५ राजावास आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिदा हराइ रहेका मध्ये साँभसम्म ३७ जनाको उद्दार गरेको छ । सो डुंगामा के कति संख्यामा सर्वसाधारणहरु सवार थिए भन्ने एकिन नभए पनि नदीबाट उद्धार गरिए सर्वसाधारणहरुले डुंगामा करिब ६० यात्रुहरु रहेको दावी गरेका छन् । यसबाट २३ जना वेपात् भएकाे अनुमान गिरएकाे छ 
शनिबार मध्यान्ह करिव १२ः३० बजे डुंगा कोशीमा पल्टिएको बताइएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा सवार २५ जनाको सकुशल उद्दार गरिएको छ । डुंगामा कति सवार थिए यकिन भइ नसकेको सुनसरीका एसपी पोषराज पोखरेलले वताउनु भयो ।
अहिले सम्म २५ जनाको उद्दार भएको छ । अरु कति थिए भन्ने यकिन जानकारी आइसकेको छैन घटनास्थलमा स्थानीयले पनि उद्दार गरिरहेका छन् । उद्दारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको एसपी पोखरेलले बताउनुभयो ।

साप्ताहिक हटियाको लागि प्रकाशपुर तर्फ हिडेका श्रीलंका टापुका सर्वसाधारणहरु चढेको डुंगा सप्तकोशीको मध्य भंगालोमा पुगेपछि पल्टिएको थियो । 
श्रीलँका टापुबाट सोही डुँगामा चढेर आएका असोक चन्द्रवँशीले ४५ जना यात्रु बोक्ने क्षमता भएको सो डुंगामा झण्डै ६० यात्रु सवार रहेको बताउनु भयो । उहाँले आप्mनो उद्धार हुन सके पनि श्रीमनी पार्वनी वेपत्ता भएको बताउनु भयो ।
डुंगा दुर्घटनाको घटना सार्वजनिक भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय बासीहरुको सक्रियतामा छ वटा डुंगामा गोताखोरहरु परिचालन गरिको थियो । त्यस क्रममा साझसम्म ३७ जनाको उद्धार भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले जानकारी दिनुभयो । उद्धार तथा खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुइ दुइ वटा डुँगा परिचालित छन् । प्रमुख जिल्ला अधिकारी चापागाईका अनुसार स्थानीय प्रशासनले उद्धार कार्यलाई साझ अबेरसम्म जारी राखेको छ ।
यस बाहेक अहिले भारतीय प्राविधिकहरुले पनि मोटर बोटबाट हराइरहेका यात्रुहरुको उद्धार तथा खोजी कार्य जारी राखेको छन् ।
नदी क्षेत्रमा मात्र खोजी तथा उद्धार कार्य सञ्चालन नगरी स्थलगत रुपमा पनि टोली परिचालन गर्नुका साथै उदयपुर जिल्लाबाट पनि प्रहरी टोली श्रीलँका टापु आएर हराइरहेकाहरुको तथ्याँक संकलन कार्य जारी शुरु भएको छ ।
घटना भएको समयमा सप्तकोशीमो पानीको बहाव १ लाख ९८ क्वीसेक भएता पनि साझ पानीको वहाव बढेर २ लाख १० हजार नाघिसकेको छ । नदिमा पानीको बहाव बढ्दै जानु र साँझ पर्दै जाँदा पनि उद्धारमा थप कठिनाई उत्पन्न हुन सक्ने सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
चारै तिर सप्तकोशीको भंगालोले ढाकेको श्रीलंकाटापुमा करिव २२ सय घर धुरीको बसोवास रहेको छ । पुर्णतया कृषि तथा पशुपालन पेशामा निर्भर रहेको त्यहाँका बासिन्दाहरु कोशी नदी तर्न डुंगा चढ्नु बाहेकको अन्य विकल्प छैन् । नदीमा डुंगा सञ्चालनका लागि स्थानीय निकायले वर्षेनी पाँच लाखमा ठेक्का लगाउने गर्छ । तर ठेक्का बापत रकम स्थानीय निकायले उठाउने भ पनि यात्रुहरुको सुरक्षा र जोखिक न्यूनिकरणका लागि कुनै पहल नगरि दिँदा यस किसिमको डुंगा दुर्घटनाहरु हुदै आको स्थानीय बासीहरुको भनाइ छ । राजवास घाटमा यस अघि २०६४ सालमा ३२ जना स्थानीय डुंगा पल्टिदा वेपत्ता भएका थिए । तिनीहरु कसैको लाश पनि भेटिएको थिएन् ।
त्यसै गरि २०७० साल साउन २१ गते चतरा घाटमा १५ जना वेपत्ता भकाहरुमध्ये ४ जनाको लाश फेला परे पछि सप्तकोशीमा ढुँगा सँचालन गर्दा अनिवार्य लाइफज्याकेट लगाउने निर्णय भएको थियो । तर स्थानीय प्रशासनले कडाइ नगर्दा तथा डुंगा सञ्चालकहरुको लापरवाहीका कारण यस किसिमका घटनाहरु न्यूनिकरण हुननसकेको स्थानीय बासीहरुको दाबी छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना