नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी निर्वाचित


uma_1गोरखापत्र अनलाइन ,काठमाडौँ, असोज  १ गते । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी निर्वाचित हुनु भएको छ । उहाँ संस्थापन पक्षकी उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँले प्रतिद्वन्द्वी मीना पाण्डेलाई २०२ मतले पराजित गर्नु भएको हो । आज विहान सार्वजनिक गरिएको मतगणना परिणाम अनुसार रेग्मीले ९९८ मत प्राप्त गर्नु भएको थियो भने पण्डेले ७९६ मत प्राप्त गर्नु भएको थियो ।

त्यसै गरी सो निर्वाचनमा संघको महासचिवमा धना खतिवडा ९५८ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँकी निकटतम् प्रतिद्वन्द्वी गोमा केसीले ७७७ मत प्राप्त गुर्न भएको छ । उहाँहरुबीच १८१ मत फरक रहेको छ ।

त्यस्तै कोषध्यषमा जानकी सिंह निर्वाचित हुनु भएको छ । दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा अधिकांश पदमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना