सबै दल नमिले संविधान कार्यान्वयन नहुने

Top Bdr Rayamajiअर्घाखाँची, भदौ ३०  गते  । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ । सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरु एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको र संविधान संशोधनका लागि दुई तिहाइ चाहिने तर सरकार पक्षसँग मात्र त्यो सङ्ख्या नभएकाले एमाले लगायतका दलको पनि साथ चाहिने बताउनुभयो । सहमति, सहकार्य र एकताबिना संविधान कार्यान्वयन हुनै नसक्ने उहाँले धारणा राख्नुभयो ।

अर्घाखाँचीको सन्धिखर्कमा गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन तथा नामाकरणसम्बन्धी जिल्लास्तरीय परामर्श कार्यशालामा बुधबार बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन भएमात्र स्थानीय निकाय पुनःसंरचना र मधेसीको माग सम्बोधन हुने बताउनुभयो । स्थानीय बासिन्दाको मागलाई सम्बोधन गरेर अधिकतमभन्दा अधिकतम सजिलो हुनेगरी पुनःसंरचनामा जानुपर्ने उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना