सार्क व्यापार मेलाको आकषर्ण नेपाली धातुका मूर्ति

bhutan_1
भेषराज बेल्बासे, थिम्पु (भूटान) भदौ २८ गते । नेपालको धातुकलाका कलात्मक मूर्तिहरू भूटानमा अयोजित ते¥हौं सार्क व्यापार मेलामा सर्वाधिक आकर्षणका वस्तुका छन् । सार्क राष्ट्रका नेपाल भूटान, भारत र बंगलादेशको सहभागितामा सयौं उत्पादित सामग्रीमध्येमै नेपाली कलात्मक धातुका मुर्तिले अवलोकनकर्ताको ध्यान तानेको छ ।
भूटानी राजपरिवार, मन्त्री, उच्च पदस्तलगायत सर्वसाधारण समेतको मुख्य ध्यान नेपालको धातुकलामा गएर ठोकिएको छ ।
भूटानको राजधानी थिम्पुस्थित चाम्लिङ मैदानमा जारी मेलामा सबै सार्क राष्ट्रबाट करिब २५० वटा स्टल रहेका छन् । नेपालको तर्फबाट स्वागतद्घार सहित छुट्टै प्याभिलियन निर्माण गरी ६८ वटा कम्पनीहरूको ८२ वटा स्टल राखिएको सो मेलामा धातुकलाका कलात्मक मूर्तिहरूका मात्रै ४० स्टल रहेका छन् ।
मेलामा धातुकलाका मूर्ति चारदेखि ३२ इञ्चसम्मका गौतम बुद्घ, शाक्यमूनि बुद्घ, पद्यम संवर, सहस्रभुज लोकेश्वर मञ्जुश्रीका कलात्मक मूर्ति मुख्य आकर्षणका रूपमा रहेका छन् । त्यस्तै पौभा चित्रकला, धातुका मुर्ति, चाँदीका गरगहना, पुजा सामग्री, तामा पित्तलका भाँडाकुँडा, तयारी पोशाक, उनी गलैंचा, काष्ठकलाका सामग्री, वनस्पति तथा कृषिजन्य सामग्रीलगायतका वस्तु नेपालकातर्फबाट मेलामा प्रर्दशन तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा भूटानी महारानी जुसेन पेम्बा वाङचुङले नेपाली स्टलबाट बुद्घको मूर्ति, गलैंचालगायतका वस्तु खरिद गर्नुभएको छ । उहाँले नेपाली स्टल अवलोकन गर्दै नेपाली हस्तकलाको गुणस्तरबारे पनि चासो वयक्त गर्नुभएको थियो ।
भूटानका व्यवसायी तथा भूटान उद्योग वाणिज्य संघका महासचिव फुब छिरिङले नेपालको तर्फबाट राखिएका धातुकलाका कलात्मक मूर्तिहरू तथा हस्तकला बेजोडको रहेको भन्दै समग्र मेलामा राखिएका स्टलमध्ये सजिले ध्यान तान्ने खालको रहेको बताउनुभयो । नेपाल र भूटानको कला, संस्कृति बुद्घ धर्मको अध्यात्मिक प्रभाव, भाषा, रहनसहन, भौगोलिक अवस्थामा समानता रहेकाले कलात्मक मूर्तिहरूलाई भूटानबासीले मन पराएको बताउनुभयो ।
भूटानका अर्थमन्त्री लिम्पोलेकी दोर्जेले यस्तो खाले मेलामा विभिन्न देशमा उत्पादित सामग्रीको बजार प्रवद्र्घन गर्न निकै सघाउ पुग्ने बताउनुभयो । मेलाबाट भूटानको औद्योगिकरणलाई अघि बढाउन सहयोग पुग्ने भन्दै उहाँले मुलुकको दिगो विकासको लागि उत्पादित वस्तुको बजार पहुँच आवश्यक रहेको बताउनुभयो ।
निजी क्षेत्र आर्थिक उत्पादनको इञ्जिन भएको बताउँदै बेलाले विभिन्न देशबीच व्यापार प्रवद्र्घनका लागि सञ्जाल विस्तार गर्न सहयोग पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल र भूटानबीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको भन्दै व्यापार विस्तारका लागि दिपक्षीय व्यापार सन्धि गरेर अगाडि बढ्ने दिशामा भूटान सरकार सकारात्मक रहेको बताउनुभयो ।
सन् १९९० को दशकदेखि नेपाल र भूटानबीच दिपक्षीय व्यापार सन्धिका लागि प्रयास भइरहेपनि नेपालमा राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण त्यसले मूर्त रुप लिन नसकेको बताउनुभयो ।
नेपाल र भूटानबीच दिपक्षीय व्यापार सन्धि हुन सके दुई देशबीचको व्यापारमा नेपालको लागि बढी हितकर हुने नेपाली व्यापारीहरुको भनाई छ । दिपक्षीय व्यापार सन्धि हुन नसक्दा नेपालको भूटानसँगको व्यापार वर्ष वर्षमा हुने मेलामा मात्रै सीमित रहेको छ ।
सोमबारसम्म चलेको मेलामा नेपालकोतर्फबाट ललितपुर उद्योग वाणिज्य संघ र व्यापार तथा निकासी प्रवर्दन केन्द्र तथा भूटानमा भूटान उद्योग वाणिज्य संघको समन्वय रहेको छ । मेला अन्तरगत शुक्रबार नेपाल डे कार्यक्रमको आयोजना भएको थियो । नेपाल डे कार्यक्रममा बी टु बी मिटिका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
भूटानमा आयोजित १३ औं सार्क व्यापार मेला नेपालका लागि व्यापारीक दृष्टिकोणले निकै महत्वप्रर्ण रहेको ललितपुर चेम्बरका अध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । भूटानमा नेपाली वस्तुको माग उच्च रहेको भन्दै उहाँले व्यापार सन्धिको अभावले गर्दा करको दरमा समस्या, निर्यात प्रवद्र्घन तथा व्यापार प्रवद्र्घनमा अफ्ठ्यारो परेको बताउनुभयो ।
मेलामा सहभागिता जनाउनुको मुख्य उद्देश्य भनेकै नेपाली मौलिक हस्तकलाजन्य उत्पादनहरूको बजारीकरण गर्नु रहेको उहाँको भनाइ छ । कार्पेट, जाडोमा लगाइने लुगादेखि हस्तकलाजन्य उत्पादनको भूटानमा उच्च माग रहेको भन्दै उहाँले यसपटकको मेलामा नेपालको तर्फबाट राम्रो व्यापार हुने अपेक्षा रहेको बताउनुभयो ।
नेपाली हस्तकलाजन्य सामग्रीको बिक्री वितरणको लागि भूटान महत्वपूर्ण बजार रहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा यसलाई अझ बृद्घि गर्दै लैजानुपर्ने खाँचो औंलयाउनुभयो । नवौं सार्क अन्तराष्टिय व्यापार मेलादेखि भूटानमा आयोजना हुने प्रत्येक अन्तराष्टिय मेलामा नेपालले सहभागिता जनाउँदै आएको छ । संघको भगिनी सम्बन्ध रहेको भूटान उद्योग वाणिज्य संघसँगको सहकार्यमा ९ औं सार्क अन्तराष्ट्रिय व्यापारमेला २००९ देखि नै प्रत्येक वर्ष भूटानमा हुने अन्तराष्ट्रिय व्यापारमेला लगायत अन्य सम्पूर्ण मेलाहरूमा संघले समन्वय एवं संयोजन गर्दै आएको छ ।
मेलामा नेपालले प्रदर्शनी तथा बिक्रीका लागि राख्ने उत्पादनहरुप्रति भूटानीहरूको आकर्षण बढ्दो रुपमा रहेको चेम्बरका निवर्तमान अध्यक्ष अजरमान जोशीले बताउनुभयो ।
वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले सार्क व्यापार मेला व्यापारको माध्यममात्रै नभई सार्क मुलुकहरुबीचको व्यापारिक एवं सांस्कृतिक आदान प्रदानको माध्यम भएको बताउनुभयो ।
अरूभन्दा नेपाली स्टलमा सहभागी अवलोकनकर्ताहरूको भीड देखिएकोसो मेलामा के कति कारोबार भएको छ भन्ने आधिकारीक तथ्याङ्क आएको छैन । नेपालको उत्साहजनक सहभागिता रहेको मेलाबाट धेरै कारोबारको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । गत वर्षको मेलामा नेपालबाट सहभागी विभिन्न क्षेत्रका व्यवसायीहरूले ७९ वटा स्टलमार्फत करिब आठ करोडको व्यापार गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना