संसद्मा उपस्थितिका लागि सभामुखको चेतावनी

onsari-gharti-magar-final-3-1000x0काठमाडौँ, भदौ २७ गते ।  सभामुख ओनसरी घर्तीले बिनासूचना संसद् बैठकमा अनुपस्थित सांसदको स्थान रिक्तताको चेतावनी दिनुभएको छ ।  संसद्मा आवश्यक गणपूरक सङ्ख्या नपुगेर महìवपूर्ण विधेयकसमेत पारित हुन नसक्ने अवस्था आएपछि सभामुखले सदनको उपस्थितिलाई अनिवार्य बनाउन रुलिङ गर्नुभएको छ ।  
व्यवस्थापिका संसद्को आइतबारको बैठकमा सभामुखले संविधानको धारा ८९(घ) को व्यवस्थामा सांसदलाई ध्यानाकर्षण गराउँदै बैठकमा सहभागी हुन सम्बन्धित सांसदको ध्यानाकर्षण गराउनुभएको हो ।  
संविधानको धारा ८९ (घ) अनुसार दस पटकभन्दा बढी लगातार बिनासूचना अनुपस्थित भएमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ ।  केही सांसद लामो समयदेखि बिनासूचना विदेशमा रहँदा र संसद्मा कोरम नपुगेकामा सभामुखको सक्रियता नभएको आलोचना भएपछि यस्तो रुलिङ गर्नुभएको हो ।
गत शुक्रबारको बैठकमा पनि आवश्यक गणपूरक सङ्ख्या नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित हुन सकेको थिएन ।  सांसदहरू संसद्मा हाजिर गरेर गैरसरकारी संस्थाको कार्यक्रममा गएका थिए ।  यस्तै दल र सभामुखको समन्वयको अभावका कारण शुक्रबार संसद् बैठक चलिरहेकै अवस्था संसदीय समिति बैठक पनि राखिएको थियो ।  
उच्च अदालत गठनको महìवपूर्ण विधेयक कार्यसूचीमा भए पनि संसद्मा आवश्यक गणपूरक सङ्ख्या पुगेको थिएन ।  ५६५ सांसद रहेको संसद्मा शुक्रबार ३६६ को प्रारम्भिक उपस्थिति थियो ।  तर, गणपूरक सङ्ख्या एकिनका क्रममा १२६ सांसदमात्र उपस्थित थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना