बालयौन दुराचारकाे अाराेपमा केनेथ पक्राउ

काठमाडौँ, भदौ २६ गते । बालकको यौन शोषण गर्न सङ्गठित रूपमा आलोपालो प्रणाली सञ्चालन गरी दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरेको भन्दै प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो, महाराजगन्जले केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ ।

अठ्चालीस वर्षीय अमेरिकी नागरिक कुम्ब्सलाई ठमेलबाट पक्राउ गरिएको हो । दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दुराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानसमेत सुरु गरेको छ ।

त्यसैगरी, अनुसन्धान ब्युरोले सोही घटनामा संलग्न भएको भन्दै काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूलाई हाल काठमाडाँै जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुराचार मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना