बहुमूल्य तथा बहुउपयोगी छ अष्ट्रिच

laxmi p pangeniलक्ष्मीप्रसाद पंगेनी

 

उँटको जस्तो लामो तर झिनो गर्दन भएको, जोडसँग दौडन सक्ने तथा मरुभँमिमा हुने ठँलो जातको पक्षी हो  अष्ट्रिच ।  यो पक्षीलाई नेपालीमा सुतुरमुर्ग भनिन्छ ।  यसलाई संसारकै ठँलो पक्षी तथा प्राणीहरूमा दोस्रो छिटो दौडन सक्ने जीवको रूपमा पनि लिइन्छ ।  यो ५० देखि ७० किमी प्रतिघण्टाको गतिमा दौडन सक्छ ।  पक्षीहरूमा सबैभन्दा ठँलो अण्डा पार्ने पनि अष्ट्रिच नै हो ।  यसको अण्डाको तौल करिब १ दशमलव ५ केजीसम्मको हुन्छ ।  वयस्क भाले अष्ट्रिचको उचाइ करिब १ दशमलव ८ देखि २ दशमलव ८ मिटर हुन्छ भने पोथीको उचाइ १ दशमलव ७ देखि २ मिटरसम्म हुन्छ ।  यसको वजन करिब १३० केजी देखि १६० केजी हुने गर्दछ ।  भाले अष्ट्रिचको प्वाँख पुरै कालो र पुच्छर सेतो हुन्छ भने पोथीको प्वाँख हल्का बदामी तथा सेतो हुन्छ ।  घाँटी भने दुबैको खाली र नाङ्गो हुन्छ ।
अन्न, घाँस, साना साना बोट विरुवाका पातका साथै किराफट्याङ्ग्राहरू पनि खाने हुनाले यसलाई वातावरणमैत्री पक्षीको रूपमा पनि लिइन्छ ।  खाना चपाउने दाँत नहुने हुनाले यसले खाना निल्ने गर्दछ ।  खाना पचाउनको लागि स–साना ढु्ङ्गाको टुक्रा पनि खाने गर्दछ ।  एउटा वयस्क अष्ट्रिचले आफ्नो पेटमा करिब एक केजी ससाना ढु्ङ्गा लिएर हिँड्ने गर्दछ ।  यो पानी विना कयौं दिन बाँच्न सक्छ ।  ससाना रुख बिरुवाको पातबाट यसले आफ्नो शरीरलाई आवश्यक पर्ने पानीको मात्रा पँरा गर्दछ ।  अन्य पशुपक्षीको तुलनामा यसको आँखा ठँलो हुन्छ ।  आँखाको आकार करिब ५० मीमी हुन्छ ।  यो पक्षीको जीवनकाल सरदर ४० देखि ५० वर्षसम्म हुने गर्दछ ।  
अष्ट्रिचको मासु अन्य पशुपक्षीहरूको मासुको तुलनामा महँगो हुने भएकोले अस्ट्रेलिया लगायत युरोपका देशहरूकासाथै विश्वका विभिन्न देशहरूमा यसको व्यासायिक पालन गरिन्छ ।  अष्ट्रिचको रातो मासुमा प्रशस्त प्रोटिन, आइरन, भिटामिन, मिनरल, ओमेगा ३ र ७ एवं अन्य स्वास्थ्यबर्धक प्राकृतिक तìवहरू पाइनुका साथै न्यँन कोलेस्ट्रोल, क्यालोरिज एवं कम बोसो हुने तथा जुनसुकै बिरामीले पनि खान मिल्ने भएकोले मासु पारखीहरूबीच यो निकै लोकप्रिय छ ।  अन्तर्राष्ट्रिय बजारमा अष्ट्रिचको मासुको मँल्य ५० डलरदेखि १०० डलर प्रति केजीसम्म पर्ने बताइन्छ ।  यो पक्षी व्यवसाय र प्रयोगको हिसाबले बहुमँल्य तथा बहुउपयोगी मानिन्छ ।  बच्चा कोरलिएको करिब दुई महिनामै मासुको लागि बिक्रीयोग्य हुने अष्ट्रिचको शरीरबाट केही पनि खेर जाँदैन भने पनि हुन्छ ।  यसको अण्डा, आन्द्राभुँडी, छाला, बोसो, प्वाँख, रौं सबै मँल्यवान हुन्छन् ।
अस्ट्रिचको अण्डा कखुराको अण्डाजस्तै विभिन्न परिकार बनाउन प्रयोग हुन्छ ।  दुई दर्जन कुखुराको अण्डामा पाइने तìवहरू एउटै अष्ट्रिचको अण्डाबाट प्राप्त हुने बताइन्छ ।  यसको छालाबाट जुत्ता, ज्याकेट, पर्स, ब्याग, बेल्ट आदि बनाउन सकिने भएकाले छाला छुट्टै मँल्यमा बेच्न सकिन्छ ।  बोसो विभिन्न क्रिम तथा शृङ्गारका सामग्री बनाउन प्रयोग हुन्छ ।  मिर्गौला, कलेजो र फोक्सो भुटनको परिकार बनाउन बिक्री हुन्छ भने आन्द्रा–भुँडी ‘ससेस’ बनाउन बिक्री गरिन्छ ।  हड्डीको धुलो माछाको आहारामा प्रयोग हुन्छ भने प्वाँख र रौं हस्तकला तथा सजावटका सामग्री बनाउन प्रयोग गर्ने गरिन्छ ।
अष्ट्रिच फर्म नेपाल प्रा.लि., रूपन्देहीका सञ्चालक तथा कृषक सीपी शर्माका अनुसार नेपालमा अन्डा रु.२ हजार प्रतिगोटा, अन्डाको बोक्रा रु. १ हजार प्रतिगोटा, जिउँदो चल्ला रु. ७० हजार प्रतिगोटा, प्वाँखको रु.३० हजार प्रतिकेजी र छाला प्रतिगोटा रु.आठ हजार ५ सयमा बिक्री भइरहेको छ ।  नेपालका विभिन्न स्थानका साथै राजधानीका तारे होटल तथा रेस्टुरेन्टहरूमा मात्रै दैनिक २० वटा अष्ट्रिचको मासु खपत हुने गरेको तर विदेश निर्यात गर्न केही कानुनी जटिलता रहेको शर्मा बताउनुहुन्छ ।
आजभोलि बुद्धभँमि लुम्बिनीपछि रूपन्देहीको अर्को पर्यटकीय स्थल गंगोलियास्थित अष्ट्रिच फर्म बन्न पुगेको छ ।  लुम्बिनी घुम्न गएका धेरैजसो आन्तरिक पर्यटक यो अष्ट्रिच फर्म अबलोकन गर्न छुटाउँदैनन् ।  विद्यार्थीको लागि रु. ५० र अन्यको लागि रु. १०० शुल्क तय गरिएको छ ।  २०७२ सालमा आन्तरिक र बाह्य गरी करिब एक लाख पर्यटकले अवलोकन गरेको अष्ट्रिच फर्म नेपाल प्रा.लि.का लेखापाल नारायण घिमिरे बताउनुहुन्छ ।
आर्थिक वर्ष २०७३–०७४ को बजेटमा पशुपक्षीजन्य उत्पादन आत्मनिर्भर कार्यक्रम अन्तर्गत अण्डा, मासु र दँध उत्पादनमा आत्मनिर्भर हुने लक्ष्यका साथ पशुपक्षी विकास कार्यक्रमहरू सञ्चालन गर्न रु.८ अर्ब ४६ करोड रुपियाँ विनियोजन गरिएको छ ।  बजेटको बुँदा नं. १३४ मा व्यावसायिक पक्षीपालकलाई प्राविधिक सेवा उपलब्ध गराउन र अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख छ ।  जसरी चालँ बजेटको बुँदा नं.१३२ मा चितवन र धादिङ जिल्लालाई कुखुरा उत्पादनको विशिष्टीकृत क्षेत्रको रूपमा विकास गरिने भनी घोषणा भएको छ त्यसरी नै सरकारले बहुमँल्य तथा बहुउपयोगी पक्षी अष्ट्रिचको उत्पादनलाई समेत प्राथमिकता दिन जरुरी छ ।  व्यावसायिक अष्ट्रिच पालनबाट मासु र अण्डा उत्पादन हुनुकासाथै कृषि पर्यटन विकास समेत गर्न सकिने भएकोले देशका विभिन्न स्थानमा अष्ट्रिच पालनलाई प्रोत्साहित गर्न सके मासु र अण्डामा आत्मनिर्भर हुने सरकारी लक्ष्य पँरा हुन सक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना