यही संविधानसभाबाट संविधान जारी हुन्छ

Rajendra Mahatoपर्सा, फागुन ४ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यही संविधानसभाबाट संविधान जारी हुने दाबी गर्नुभएको छ ।

मधेसी पत्रकार समाज पर्साले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष महतोले सत्तारूढ दलहरूलाई दबाब दिनका लागि आफूहरूले आन्दोलन गर्न परेको जानकारी दिनुभयो ।

उहाँले दुई तिहाइको घमण्डलाई चकनाचुर बनाउन पनि आन्दोलनको तयारी गरिएको बताउदै संविधानसभाको एक वर्षको समय सकिएको भए पनि अझै तीन वर्षको समय बाँकी रहेका कारण संविधानसभाबाट नै संविधान जारी हुने सम्भावना रहेको उल्लेख गर्नु भयो ।

संविधान जारी गर्नका लागि सडकबाट आफूहरूले दबाब मात्रै सृजना गर्न लागेको अध्यक्ष महतोले स्पष्ट पार्नु भयो ।

उहाँले मधेसमा पहाडी समुदायका पनि बाक्लो उपस्थिति रहेका कारण मधेसलाई समुदायको आधारमा टुक्र्याउन नहुने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना