गोप ट्रेड युनियन निर्वाचन आज

काठमाडौँ, भदौ २३ गते ।  गोरखापत्र संस्थानसँग आबद्ध तीनवटा ट्रेड युनियनबीच आधिकारिक ट्रेड युनियनका लागि बिहीवार निर्वाचन हुने भएको छ ।  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थान २०६३, गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ र गोरखापत्र संस्थान कर्मचारी सङ्घ–२०५२ बीच निर्वाचन हुने भएको हो ।  यी तीनवटा सङ्गठनमध्ये निर्वाचित सङ्गठन गोरखापत्र संस्थानमा दुई वर्षका लागि आधिकारिक सङ्गठनका रूपमा घोषित हुनेछ ।  
गोरखापत्र संस्थानमा पछिल्लोपटक २०५६ सालमा आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो ।  सो समयमा दुईवटा युनियनबीच प्रतिस्पर्धा भएको थियो ।  बिहीबार हुने निर्वाचनमा संस्थानमा कार्यरत तह ७ सम्मका पत्रकार र कर्मचारी गरी ३२० जना मतदाताले मतदान गर्नेछन् ।  मतदानका लागि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको निर्वाचन अधिकृत जालन्धर भुसालले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना