द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापित भएनन्

लहान, भदौ १९ गते । द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय अझै पुनःस्थापित नहुँदा सीमा क्षेत्रमा तस्करी बढेको छ ।

द्वन्द्व सकिएको एक दशक नाघिसक्दासमेत झाँझपट्टी, शिखाज्योति, औरही र लगडी गदियानीस्थित छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा यी नाकामा तस्करी बढेको जिल्ला भन्सार कार्यालयका प्रमुख भूपेन्द्रकुमार कार्कीले बताउनुभयो ।

छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित हुँदै आएको छ । द्वन्द्वकालमै विस्थापित भएकामध्ये ठाडी र बरियारपट्टी छोटी भन्सार कार्यालय भने पुनःस्थापित भइसकेका छन् ।

भारतसँग सीमा जोडिएको सप्तरीका आधा दर्जन नाकाबाट किराना समानदेखि बालुवा, ढुङ्गा र छडलगायत समान अवैध रुपमा निकासी हुने गरेको छ ।

झाँझपट्टी, औरही, शिखाज्योतिलगायत नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको किराना समान, लत्ताकपडा, खाद्यान्न, मोटर पार्टस, इलेक्ट्रोनिक्स समान, बालुवा, ढुङ्गा, स्याउ, काठलगायतका वस्तु अवैध रुपमा निकासी पैठारी हुँदै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना