भदौरे वर्षा धानलाई राम्रो

rice-filedsकाठमाडौँ, भदौ १९ गते ।  धान फुल्ने बेला पानी नपरेकाले चिन्तित किसान पुनः वर्षा भएपछि खुसी भएका छन् ।  धान फुल्ने बेला धानबालीलाई आकाशे पानी आवश्यक मानिन्छ ।  
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबार रातिदेखि सक्रिय मनसुनले नेपालका मध्य र पूर्वी क्षेत्रमा अझै दुईतीन दिनसम्म पानी पार्नेछ ।  राति तथा बिहान मौसम बदली भई वर्षा हुनसक्ने र दिउँसो घाम लाग्नसक्ने देखिएको छ ।  यसले किसानलाई राहत पु¥याउनेछ ।  
हुन त यो अवधिमा यसपटक नेपालका सबै क्षेत्रमा अनुमान गरेकोमा ७० प्रतिशत वर्षा भएको छ ।  नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय हुन्छ ।  
जलवायु परिवर्तनको असरले गर्दा नेपालमा मनसुनको अवधि सेप्टेम्बरबाट अक्टोबरसम्म जाने गरेको बताइन्छ ।  एक दशक अघिसम्म सेप्टेम्बर दोस्रो सातासम्म सक्रिय रहने मनसुन पछिल्ला समयमा अक्टोबरसम्म पुग्ने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  
शनिबार दिउँसो मध्य तथा पूर्वी नेपालका केही स्थानमा अत्यधिक वर्षा भएको छ ।  विभागका अनुसार शनिबार सबैभन्दा बढी पानी ताप्लेजुङमा परेको छ ।  दुई हप्तासम्म सुक्खा देखिए पनि शनिबार ताप्लेजुङमा १३७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।  त्यसैगरी पोखरामा ८७६ मिलिमिटर र काठमाडौँमा ६२ मिलिमिटर वर्षा भएको विभागले रेकर्ड गरेको छ ।  
ताप्लेजु्ङमा भएको अत्यधिक वर्षाका कारणले पहिरो जाँदा तीन जनाको निधन भएको प्रहरीले जनाएको छ ।  गृह मन्त्रालयले शनिबार साँझ दिएको जानकारी अनुसार ताप्लेजुङ नगरपालिका–२ बस्ने टीका मगरको घर पहिरोले पुरिँदा परिवारका तीन जनाको पुरिएर निधन भएको छ ।  ताप्लेजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने मेची राजमार्गमा समेत ठाउँठाउँमा पहिरो जाँदा यातायात चल्न नसकेको बताइएको छ ।  त्यसैगरी भोजपुरमा भएको पहिरोमा पुरिएर दुईजनाको निधन भएको छ ।  भोजपुर कुलुङ गाउँ विकास समिति–९ का भरत राई र उहाँकी श्रीमती राममणि राईको पहिरोले पुरिएर निधन भएको गृह मन्त्रालयले जनाएको छ ।  
शनिबार धेरै वर्षा भएको कास्कीको लेखनाथ नगरपालिका–५ का केही परिवार पहिरोका कारण विस्थापित भएका छन् ।  त्यसैगरी धादिड, तनहुँ, म्याग्दी र दोलखामा पनि अधिक वर्षाका कारण पहिरो झर्दा दर्जनौँ परिवार विस्थापित भएका र लाखौँ रुपियाँबराबर धनमाल नोक्सानी भएको बताइएको छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना