म्याग्दीमा पहिरोले ११ घर बगायाे, एक व्यपत्ता

ठाकुरप्रसाद आचार्य, बेनी(म्याग्दी) भदौ १७ गते । म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती गएको पहिरोले ११ घर बगाएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । पहिरोमा परि स्थानीय एकजना वेपत्ता भएको गाउँलेहरुले बताएका छन् ।

उहाँका अनुसार पहिरोको थप क्षति र अन्य जानकारी भने प्राप्त भएको छैन् । बेनी, भगवती र गलेश्वरबाट घटनास्थलतर्फ प्रहरी टोली खटिसकेको प्रहरी निरिक्षक गुरुले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि थप जानकारी र क्षतिको विवरण प्राप्त हुने उहाँले बताउनुभयो ।

बेग खोलाका बासिन्दा नेत्र पुनले राती ठूलो बर्षा भएको र बिहानसम्म अध्यारै भएकाले कहाँ पहिरो गएको हो भन्ने विषयमा जानकारी प्राप्त हुन नसेकेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना