सहमतिको नाममा प्रतिपक्षका सबैकुरा मान्य हुँदैन



Ramchandra-paudel1धीरेन्द्रप्रसाद साह, राजविराज फागुन ३ गते । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान सभाले संविधान नै नबनाउँदा लोकतन्त्रको उपहास हुने बताउनुभयो ।
     नेपाली काँग्रेस सप्तरीद्वारा आइतबार बिहान राजविराजमा आयोजित बुद्धिजीवीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले संविधान निर्माणमा सहमति नभई संविधान नै नबनाउदा लोकतन्त्र व्यवस्थाको उपहास हुने बताउनुभयो ।
    उहाँले भन्नुभयो–भरसक सहमतिबाटै संविधान जारी गरौं तर सहमतिको नाममा प्रतिपक्षहरुले जे–जे भन्ने मानेर जाने पनि होइन । दलको विचार भन्दा जनताको सर्वोपरि हितमा सहमति गर्न सकिने बताउदै उहाँले संविधान निर्माण कार्य प्रक्रियामा अघि बढेपनि सहमतिको बाटो अझै खुल्ला रहेको बताउनुभयो ।
    दलहरुबीच शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीयताको विषयमा लगभग सहमतिको नजिक पुगिसकेको जानकारी दिदै उहाँले भन्नुभयो–संसदीय व्यवस्था, मिश्रित निर्वाचन प्रणाली र ६÷७ प्रदेशहरु बनाउनेमा सहमति हुने विश्वास छ ।
    कसरी चाडै संक्रमणकाललाई अन्त्य गर्ने, संविधान निर्माण प्रक्रियालाई टुग्याउने विषयमा सप्तरीका बुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्दै उहाँले धेरै प्रदेश बनाएमा देशले धान्न नसकिने बताउनु भयो । अहिले संविधान सभा भवनपनि बहालमा प्रयोग भइरहेको प्रसंग उल्लेख गर्दै उहाँले केन्द्रिय जेल बनाउन नसक्दा कैदीबन्दीलाई कोचिएर राख्नु पर्ने अवस्था एकातिर छ भन्ने धेरै प्रदेशहरु बनाउँदा अन्य खर्च भन्दा प्रशासनिक खर्च मात्र जोहो गर्न समस्या हुने बताउनुभयो ।  
    मुलुकमा संक्रमणकाल जति लम्बिन्छ, त्यति नै जनताले दुःख पाउने बताउदै उपसभापति पौडेलले यसै संविधान सभाले संविधान जारी गरी संक्रमणकाललाई अन्त्य गर्ने दृढ विश्वास दिलाउनु भयो ।
    सो अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामकुमार चौधरी, सभासदहरु सुरेन्द्रप्रसाद यादव, रञ्जित कर्ण, प्राध्यापक संघ, शिक्षक संघ, कानून व्यवसायी संघ, किसान संघ, महिला संघ, नेपाल प्रेस युनियन, लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना