चीनका र भारतको राजदूतमा पौडेल र उपाध्यायको नाम शिफारिस

Lilamani Poudelगेरखापत्र अनलाइन, कठमाडाँै, भdipkumar uppadhyaaदौ १६ गते । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौढ्यालको नाम सिफारिस गरेको हो । सा कुराको जनाकारी नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले दिनु भएको हो ।
निकट भविश्यमा हन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको को भारत भ्रमणको तयारी तथा चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम भएकाले सम्वन्धित देशमा आफ्ना राजदूत हुनु आवश्यक भएको ठहर गरी दुवैदेशमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।
भारतका लागि सिफासिरमा पर्नुभएका दीपकुमार उपाध्याय यसअधि पनि भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो तर तत्कालीन सरकारले पदावधी नपुग्दै उहाँलाई फिर्ता वोलाएको थियो । चीनका लागि सिफारिसमा पर्नुभएका लीलामणि पौडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुुनुहुन्छ ।
यसैगरी वैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनवहादुर श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार उहाँ राष्ट्र वैंकको कार्यकारी निर्देशक पदमा कार्यरत हुनुहुन्छ । यस्तै वैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा डा ऋषि अधिकारीलाई नियुक्त गरेको छ ।
यस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्वन्धी विद्येयक तर्जुमाको लागि मन्त्रिपरिषदले सैदान्तिक स्वीकृति दिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना