पञ्चवर्षीय खाकालाई स्थानीयकरण गरिने

Reconstruction-Authorityकाठमाडौँ, भदौ १६ गते ।   राष्ट्रिय पुनःनिर्माण  प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाको लागि तयार गरेको पञ्चवर्षीय खाकालाई  (पीडिआरएफ) लाई स्थानीयकरण गरिने भएको छ ।  भूकम्प प्रभावित जिल्लामा खटिएर जाने प्रशिक्षकहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील  ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो  ।    
 गाउँ विकास समिति, जिल्ला विकास समिति र नगरपालिकाहरूले नियमित तयार पार्ने योजनाहरू पीडिआरएफ कै आधारमा बनाएर पुनःनिर्माण र पुनःस्थापनाका योजना अघि बढ्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘भूकम्प प्रभावित जिल्लाहरूको आवश्यकताअनुसार पीडिआरएफलाई नै आधार बनाएर जिविस र नगरपालिकाको आवधिक योजना बनाउनुपर्छ, आवश्यक परे पीडिआरएफलाई संशोधन गर्दै जाने प्राधिकरणको योजना छ । ’
 प्राधिकरणले तयार पारेको एकीकृत पुनःस्थापनाको योजना कार्यान्वयनले जोखिममा रहेका समूह, शारीरिक रूपमा अशक्त व्यक्तिको परिवार, एकल महिला, वृद्धवृद्धामात्र भएका परिवार, निजी क्षेत्रलगायत जिल्लाका सरोकारवालाहरू सबैकोे आवश्यकतालाई समेट्ने र स्थानीय तहको आर्थिक पुनःस्थापनामा सहयोग पुुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  
भूकम्प प्रभावित जिल्लामा खटिएर जाने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोगलगायत कार्यालयबाट करिब दुई दर्जन कर्मचारीलाई दुई दिने प्रशिक्षक प्रशिक्षण दिएर भूकम्प प्रभावित जिल्लामा खटाइएको छ ।   यसरी खटिएका प्रशिक्षकहरूले जिल्ला तहमा थप प्रशिक्षण दिएर गाउँ गाउँमा खटाइने  योजना प्राधिकरणको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना