महाकालीमा चार लेनको पक्की पुल बन्ने

भीमदत्तनगर,  भदौ १४ गते  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिनुभएको छ ।

हिजोदेखि सुरु भएको नेपाल इँटाउद्योग महासङ्घको नवौंँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताउनुभयो । “ त्यसलाई अर्थ मन्त्रालयबाट भारत पठाउने काम हुँदैछ ”, उहाँले भन्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले अबको १५/१६ महिनामा तीन वटै तहको निर्वाचन गराउन सरकार गम्भीर भएर लागेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना