खप्तड अनलाइन डटकम शुरु

काठमाडौं, भदौ १३ गते । नेपालमा अनलाइन न्यूजपोर्टलको बढ्दो क्रमसँगै खप्तड अनलाइन डटकम नामक न्यूजपोर्टलको शुभारम्भ गरिएको छ ।
पाठकहरुलाई निष्पक्ष, सन्तुलित तथा वास्तविक समाचार प्रवाह गर्ने यस न्यूज पोर्टलले जनाएको छ । कुनै पनि किसिमको आग्रह तथा पूर्वाग्रहबाट टाढा रहेर  समाचार तथा विचार प्रवाह गर्नु नै प्रमुख उद्देश्य रहने यस न्यूज पोर्टलले दावी गरेको छ ।
www.khaptadonline.com वेभ ठेगाना रहेको नामक यस न्यूज पोर्टलले राजनीति, अर्थ, मनोरंजन, स्वास्थ्य, खेलकुद, जीवनशैली, सौन्दर्य जस्ता विविध विधामा समाचार तथा विचार प्रवाह गर्ने र नेपाली अनलाइन समाचार जगतमा सत्य, निष्ठा तथा निष्पक्षताको पर्यायका रुपमा आफुलाई उभ्याउने प्रण एवं प्रतिवद्धता पनि जनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना