जलवायु परिवर्तनको असर सप्तरीका नदी किनारका बासिन्दा राति सुत्न पाउँदैनन् 

saptari_2जलवायु परिवर्तनको प्रभावको प्रत्यक्ष मारमा गरिब, विपन्न तथा भूमिहीन किसान नै बढी मात्रामा पर्ने गरेका छन । अझै भन्नुपर्दा प्राकृतिक स्रोतमा बढी आश्रित हुने जातिले बढी मात्रामा पीडा भोग्नुपरिहरेको छ । वन पैदावार तथा नदी किनारजन्य उत्पादनमा आश्रित भएका समुदायले जलवायु परिवर्तनको असरलाई नजिकबाट अनुभव गरिरहेको हुन्छन । विशेषगरी चुरे तथा शिवालिक क्षेत्रको तल्लो तटीय क्षेत्रमा यसको प्रभाव बढी परिरहेको देखिएको छ । सन्दर्भ सप्तरीको सुन्दरी र खाँडो खोला किनारका बस्तीको हो ।
‘‘म साना छँदा यो खोला पर थियो, केही वर्ष पहिलेसम्म पनि उतै उतै थियो, अहिले त के भा कुन्नि ? बर्खामा एकैछिन मुसलधारे पानी पर्छ । पहाडको सबै भलले खेत बगाउँदा बगाउँदा बस्ती नै उठला जस्तो भएको थियो । यो वर्ष बर्खाअघि नै तटबन्ध निर्माण भयो, अब ढुक्क भइयो”– सप्तरी रायपुर गाउँ विकास समिति मरघटिया गाउँका बासिन्दा मनोज यादवले स्थानीय खाँडो खोलाले सताएको पीडामा मलम लागेको खुसी व्यक्त गर्नुभयो । पूर्व–पश्चिम राजमार्गको दक्षिणपट†टी रहेको यो गाउँमा झण्डै एक सय घरधुरीको बसोबास रहेको छ । यही पीडालाई अध्ययन गरेर जिल्ला भूसंरक्षण कार्यालय सप्तरीले सुन्दरी र खाँडो खोला किनारको तटबन्ध, वृक्षरोपण तथा नदी किनार व्यवस्थापनको काम गरेको छ । करिब आठ सय मिटर नदी किनारमा तारजालीभित्र ढुङ्गा भर्ने काम (स्परको निर्माण), माटोको तटबन्ध (डाइक) र बायो इन्जिनियरिङका विभिन्न कार्य सम्पन्न गरेको छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम अन्तर्गत सप्तरी जिल्लामा खाँडो खोला मात्र नभएर सुन्दरी खोला नदी प्रणाली संरक्षणको कार्य पनि भइरहेको छ । वर्षाैंदेखिको यी दुवै नदीको कटान, डुबान र गिट्टी, बालुवा थुपार्ने कारणले बनेको खोला छेउको क्षतिग्रस्त जमिनलाई पुनरुत्थान गर्ने र उर्वर खेतीयोग्य जमिनको संरक्षण गर्नु रहेको थियो । यो कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन† ।
जिल्ला भूसंरक्षण कार्यालयले स्थानीय उपभोक्ता समिति निर्माण गरी सहभागितात्मक योजनाका रूपमा निर्माण कार्य सम्पन्न गरेको छ । योजनास्थलमै उपभोक्ता समितिसँग सम्झौता गरी उपभोक्ता समितिको खातामा विनियोजित रकम हस्तान्तरण गरेर स्थानीय बासिन्दाको प्रत्यक्ष र प्रभावकारी सहभागितामा आवश्यक प्राविधिक सहयोग, अनुगमन र समन्वय गर्ने पद्धतिबाट यो कार्य सम्पन्न भएको छ । गत असोजदेखि तराईमा देखिएका नाकाबन्दी अनि असहज परिस्थितिले काम हुँदैन कि भन्ने चिन्ता थियो, स्थानीय कोशीलादेवी यादवले भन्नुभयो । सीमा नाका सहज भइसकेपछि गत चैत महिनामा समन्वय, सहजीकरण र सरसल्लाह गरी “तीन स”को आधारमा जिल्ला भूसंरक्षण कार्यालयले स्थानीय समुदायसँग काम गर्दा यस वर्ष तराईमा देखिएको आन्दोलनले काम हुँदैन कि भन्ने आशङ†का पनि मेटिएको छ । चैत महिनामा काम सुरु गर्दा पनि बर्खा नलाग्दै नदीको तटबन्ध निर्माण गर्ने कार्य सम्पन्न भएकाले यहाँका बासिन्दा निकै खुसी भएका छन† । तटबन्धको कार्य पूरा भएपछि खाँडो नदी साँघुरिएको छ । हिजोका दिनमा नागबेली बनेर बग्ने यो नदीले आफ्नो पुरानो आकार लिन थालेको छ । “यसपटकको बर्खामा नदीमा बाढी उर्लेरै आएको हो, तर स्पर फुटाउन सकेन अनि तटबन्धलाई छुन सकेन, अझै तलसम्म यस्तै खालको संरचना बनाउन सके राम्रै हुन्थ्यो तर यसपटकको पैसाले पुगेन”– स्थानीय मीना यादवले भन्नुभयो ।
नदीलाई नियन्त्रण गर्न स्परसँगै माटोको अग्लो तटबन्ध निर्माण गरिएको छ भने माटोका तटबन्धमाथि बाँस, करमी, सिमालीलगायत विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । हिजोका दिनमा बालुवाले पुरेको तटबन्धदेखि बस्तीतिरको भागमा फलफूल, डाले घाँसलगायतका बिरुवा रोपिसकेको जानकारी उहाँले दिनुभयो । बाबु बाजेको पालादेखिको सिंचाइ कुलो पनि हाल मर्मत, सम्भार गरी पुनः सञ्चालनमा ल्याइएको छ । जसले गर्दा किसानले समयमै खेतीपाती लगाउन सक्ने भएका छन । श्रममूलक कामहरूमा ग्याबियन जाली बुनाइ, ढुङगा सङकलन तथा जालीमा ढुङ†गा भर्ने काम, बायोइन्जिनियरिङ संरक्षण काम, वृक्षरोपण तथा बाँधमा घाँसको चपरी लगाउने काममा स्थानीय बासिन्दाले जनश्रमदान गरेका छन । अर्का स्थानीय बासिन्दा सफिद मियाका अनुसार यो बर्खामा तटबन्धको काम नसेको भए यो बर्खामा खोला बस्तीसम्म पुग्ने थियो होला तर समयमै सरकारी निकायले ध्यान दिँदा यहाँका बासिन्दाले ढुक्क भएर राति सुत्न सक्ने अवस्था भएको छ ।

 

bishnu bhandariविष्णुबहादुर भण्डारी
प्रमुख, जिल्ला भूसंरक्षण कार्यालय सप्तरी

तराईमा दुई किसिमका समस्या छ । कहीँ पानी कम छ, खेतीपाती छैन, पानीको अभावमा बारीमा साग तरकारी छैन, कतिपय स्थानमा त खानेपानी पनि छैन । अर्काे समस्या भनेको एकैछिनमा मुसलधारे पानी पर्छ, एक्कासि ठूलो भल आउँछ, यत्रतत्र सबैतिर बगाएर लैजान्छ । यी दुई किसिमका समस्याबाट सप्तरीका बासिन्दा पीडित हुँदै आएका छन । चुरे तथा भावर क्षेत्रमा पानीको अभाव र तराईमा देखिएको बाढीको समस्यालाई समाधान गर्न हामी लागिरहेका छौँ । त्यसमा हामी सफल भएका छौँ । खाँडो नदी उर्लेर आउँदा हुने कटानको समस्याबाट अब यहाँका बासिन्दाले मुक्ति पाएका छन । सुन फल्ने खेत अनि पुरानो बस्ती अब सुरक्षित भएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना