काठमाडौँलाई संसारकै प्रदूषित सहर भन्नु सरासर झुट र आधारहीन हल्ला मात्र हो

काठमाडौँ उपत्यकालाई केही अन्तर्राष्टिय सञ्चारमाध्यमले संसारकै प्रदूषणयुक्त सहरको संज्ञा दिएर प्रचार गरेको पाइन्छ । बागमती जलाधार क्षेत्रबाट सिञ्चित मध्य पहाडी क्षेत्रमा रहेको विशाल उपत्यका काठमाडौँ वातावरणीय दृष्टिले हरेक मानिसको छनौटमा पर्ने गरेको छ । नेपाली मात्र होइन, विदेशीसमेत आएर एक रात बिताउन रमाउने काठमाडौँ सहरको वातावरणीय प्रदूषणका बारेमा अन्तर्राष्ट्रिय रूपमा फैलाइएको कुरा के साँचो हो ? यदि त्यो कुरा सही हो भने यसलाई नियन्त्रण गर्न सरकारले के कार्य गरिरहेको छ ? देशका अन्य प्रमुख सहरमा प्रदूषणको अवस्था कस्तो छ ? सङघीयतामा जाँदा के कस्ता संरचनाहरूको आवश्यक हुन्छन ? लगायतका विषयमा वातावरण विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठसँग गरिएको कुराकानीको सारसङक्षेप ।ganesh


० केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले काठमाडौँ सहरलाई संसारकै प्रदूषित सहर भनेर बेला बेलामा प्रचार गरेको सुनिन्छ ? के यो साँचो हो ? यसको आधार के हो ?
– यो सरासर गलत र झुटा कुराको प्रचारबाजी गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा वायु मापन यन्त्र राखेर नेपालले सन २००३ देखि २०१० सम्मको रेकर्ड हेर्दा काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा कुनै खराबी आएको पाइँदैन । हो कहिले ढल, कहिले पुल त कहिले सडक बनाउने अनि भत्काउने समस्याले क्षणिक रूपमा उपत्यकालाई आक्रान्त पारेको छ । तर त्यो कुराले दीर्घकालसम्म असर पार्ने होइन नि । अहिले पनि डर लाग्दो अवस्था छैन । त्यतिबेला पुतलीसडकमा राखिएको वायुगुणस्तर मापन यन्त्रले केही खराब अवस्था देखाएको भए पनि अन्य स्थानमा त्यस्तो केही देखिएको छैन । तर विडम्बना नै भन्नुपर्छ, केही संस्थाका व्यक्तिहरूले छोटो छोटो समयमा केही घरको माथि ससाना यन्त्र राखेर लिएको एक, दुई दिनको अध्ययनका भरमा, जता बढी धुँवा धूलो छ, त्यही स्थानको मात्र नमुना सङकलन गरेको भरमा पूरै सहरलाई प्रदूषित छ भनेर हल्ला गरिएको छ । यसको कुनै आधार नै छैन । यो त नेपाल र नेपालीको बदनाम गराउने षड†यन्त्र हो । यसले नेपालको पर्यटन व्यवसायलाई प्रत्यक्ष असर पार्ने काम गरिरहेको छ । यसमा कुनै सत्यता छैन । काठमाडौँ मात्र होइन, नेपालका अन्य प्रमुख सहरका बारेमा पनि यस्तै हल्ला फैलाउने कोशिस भइरहेको छ । यो देशको बदनामी गर्ने र नेपालको पर्यटन व्यवसायलाई घरासायी बनाउने खेल भइरहेको छ । यद्यपि हामीसँग पुराना गाडीहरू छन†, बाटाघाटाहरू बन्ने, भत्काउने काम भइरहेको छ । धुलोका कणहरू धेरै देखिन्छन† । यो स्वभाविक त होइन तर पनि यसले नै देशै प्रदूषणयुक्त भन्नु त्यति सान्दर्भिक देखिँदैन । यसको कुनै वैज्ञानिक आधार छैन ।
० त्यसो भए सरकारले यस विषयमा किन अध्ययन, अनुसन्धान गरिरहेको छैन त ?
– हामीले राखेको पुराना यन्त्र उपकरणहरू बिग्रकोले केही वर्षयता वायुको गुणस्तरको रेकर्ड हामीले राख्न सकेको छैनौँ । त्यो भएर यही आर्थिक वर्षमा काठमाडौँ उपत्यकाका विभिन्न स्थान र देशभरिका ५६ स्थानमा वायु गुणस्तर मापन यन्त्र जडान गरी वायुसम्बन्धी बिभिन्न सूचना सङ†कलन गर्ने योजना विभागले बनाएको छ । नेपालको वायुमण्डलमा रहने वायु अनि ओजनको अवस्थाका बारेमा त्यसपछि सहजै सूचनाहरू प्राप्त हुनेछन† । ती स्थानको हरेक समयको वायुको गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरालाई हामीले डिस्प्ले गर्ने छौँ । त्यसले गर्दा त्यो वरपरको आम सर्वसाधारणलाई सचेत पार्ने काम यसले गर्ने छ । हामी कस्तो स्थानमा बसेका रहेछौँ, कतै हाम्रा गतिविधिले यति प्रदूषण त भएको होइन ? त्यसलाई सुधार गर्न के गर्नुपर्ला भनेर स्वयम सचेत नागरिक लाग्ने सक्ने र सरकारलाई पनि त्यस्ता स्थानमा विशेष खालका कार्यक्रम सञ्चालन गर्न सहज हुन जान्छ । जसले गर्दा समस्या परेको स्थानमा वायु प्रदूषण नियन्त्रण र वायु स्वच्छता कायम गर्न के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुराको योजना बनाउन सहज हुनेछ । अहिले काठमाडौँ उपत्यकाका बारेमा जसरी हल्ला फैलाइएका छन† भोलिका दिनमा त्यस्ता हल्लाहरू फैलिँदा हामीले हाम्रो अवस्थाका बारेमा सहजै भन्न सक्नेछाँँै । त्यो दिशातर्फ विभागले आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
० उपत्यकाका जे जति विकास निर्माणका कुराहरू सञ्चालन हुने गरेका छन ती क्रियाकलापले उपत्यकाको वातावरण त असाध्य प्रदूषित पारिरहेका छन नि, यो कुरा त साँचो हो नि है ?
– वास्तवमा विकास र वातावरणका विषयलाई हामीले सही रूपमा सम्बोधन गर्न सकिरहेका छैनौँ । यो यसकै प्रतिफल हो जस्तो लाग्छ । हो, आज भएको विकास भोलि भत्किने गरेको छ, किन दीर्घकालको सोच बनाएर ती योजनाहरूको तर्जुमा गरिँदैन ? हरेक साल बसाल बिगार्ने, भत्काउने काम किन भइरहन्छ ? यसले छोटो समयका लागि भए पनि हरेक वर्षझंै आम नागरिकलाई असर पारिरहेको छ । उपत्यकाको वातावरण प्रदूषणका असर पारिरहेको छ । विकास र वातारणका विषय एकसाथ लैजानुपर्छ । विकासबिना केही हुँदैन तर वातावरणबिनाको विकासले के गर्ने भन्नेतर्फ सबैले सोच्न जरुरी छ ।
० उपत्यका नदीमा देखिएको प्रदूषणको अवस्था हेर्दा निकै जर्जर र कहाली लाग्दो अवस्था छ । नदी हो कि ढल हो भन्ने शङका लाग्ने अवस्थालाई विभागले कसरी हेरिरहेको छ ?
– यो बडो गम्भीर कुरो हो । ढलका लागि सेफ्टी टयाङकी बनाउनुपर्छ भन्छौँ तर सीधै बागमती र विष्णुमतीमा ल्याएर मिसाउँछौँ । अस्पतालका फोहोर जथाभावी फाल्नुहुन्न भन्छाँै तर अस्पतालका रगत र फोहोर सीधैँ नदी किनारमा जोड†छौँ । यसले के देखाउँछ भने हामीले अरूलाई जे नगर भनेर सिकाइरहेका छौँ, हामी आफैले त्यही काम गरिरहेका छौँ । अस्पतालको फोहोर अनि ढल सीधै नदीमा फाल्ने काम कसले गरेको छ ? त्यो दुर्गम गाउँको अशिक्षित व्यक्तिले ? होइन, सहरीया, पढेलेखेका, बुद्धिजीवी अनि घरानीया व्यक्तिबाट यी काम भइरहेका छन† । यसले जे गर्न नहुने भनेको काम गर्दा आफू ठूलो भएको आत्मरतीमा रमाउने प्रवृत्ति हाबी भएको प्रत्यक्ष अनुभव गर्न पाइन्छ । यसमा कसले को कसलार्ई कारवाही गर्ने ? मानव सभ्यताको महìवपूर्ण स्थान ओगटेको र धार्मिक आस्थाको धरोहर बागमती नदीलाई फोहोर गर्ने प्रवृतिलाई कसरी रोक्ने भन्ने अहिलेको चुनौती नै हो । त्यसका लागि विभागले आफ्नो क्षेत्रबाट सबैसँग समन्वय र सहकार्यका साथ अगाडि बढन खोजिरहेको छ ।
० गएको साउनबाट सरकारले प्लास्टिकका झोलाको प्रयोग, बिक्री वितरण गर्ने काममा प्रतिबन्ध लगाएको छ ? यो किन लगाउनु प¥यो ? यसले त आम मानिसको दैनिक जीवनमा प्रत्यक्ष असर पारिहेको छ नि ।
– प्लास्टिकका झोलाका विषयमा लामो समयदेखि धेरै पटक गरिएका विभिन्न अध्ययनले नकारात्मक असर पारेको कुरा सार्वजनिक गरेको छ । यसको प्रयोगले आम मानिसको दैनिक जीवनसँग असर पारेको छ । त्यो कुरा पनि सत्य हो, तर यसको प्रयोगले सहरको शोभा बिगारेको, नदी तथा सहरका सडकको प्रदूषण बढाएको कुरा पनि अर्काे सत्य नै हो । विभिन्न अध्ययनले पनि प्लास्टिकका झोलालाई बन्द गर्नुपर्ने प्रस्ताव पहिलेदेखि नै गरेकोले सरकारले यो आर्थिक वर्षदेखि पूर्ण रूपमा प्रतिवन्ध गर्ने घोषणा गरेको हो । पवित्र बागमती नदीदेखि लिएर प्रमुख सहरको शोभा, सौन्दर्य नै बिगारेको, प्रदूषण बढाएको देखेर निकै धेरै मानिसहरूले सरकारको यो कदमलाई सकारात्मक ढङ†गले लिएर आफै सचेत र सजग भइसकेका छन† । बागमती सफाइ अभियानमा नदी किनारमा देखिएको फोहोरमध्ये करिब ८५ प्रतिशत फोहोर प्लास्टिकका झोला मात्र भेटिएको छ । त्यसैले प्लास्टिकका झोला प¥याउने असरलाई रोक्न प्लास्टिकका झोला प्रयोगमा प्रतिवन्ध लगाएको विषयमा विभिन्न सञ्चार माध्यमबाट हामीले सबैलाई जानकारी दिइसकेका छौँ । आम सचेत नागरिक आफै सचेत भइरहेको कुरालाई हामीले सहाना पनि गर्नैपर्छ । अटेर गर्नेलाई कारवाहीको दायरा ल्याउन पनि सरकार पछि पर्दैन ।
० तर विकल्प नदिएरै यस्तो कदम किन हतारमा सरकारले लिएको हो ?
बजारमा हामीले नियमित रूपमा सर्वेक्षण, अनुगमन गरिरहेका छौँ । अटेर गरेर प्लास्टिकका झोला अझै प्रयोग गर्न खोज्ने पनि छन तर प्लास्टिको झोलाले आफ्नै वरिपरिको वातावरण बिगारेको, सहरको सौन्दर्य कुरूप बनाउने कामदेखि लिएर बारी बगैंचा, खेतबारीसमेत बिगारेको बुझेका मानिसहरूले सरकारको यो निर्णयलाई सकारात्मक रूपमा लिइरहेका छन । त्यस्ता वर्ग, समुदायले कपडाको झोला प्रयोग गरिरहेका देखिन्छन† । बजारमा जुट, कपडा, अल्लोका झोलाहरू छयापछ†याप्ती आइसकेका छन । एकपटक खरिद गर्दा अलि महँगो परेजस्तो लागे पनि अन्ततः त्यो टिकाउ पनि हुन्छ, वातावरणीय हिसाबले राम्रो पनि हुन्छ, त्यसैले कतिपय कुरा बजारबाट नै निर्देशित हुने भएकाले बजारमा प्लास्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोलाहरू आइसकेका छन ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना