रूँदै खेमकाे अन्तिम विदाइ गरे सङ्खुवासभाबासीले 

khemध्यान कुलुङ, सङ्खुवासभा, भदौ १२ गते । गायक खेमराज गुरुङको जीवन लिला समाप्त भएको खबर आएदेखि नै जिल्लाका स्थानीय रेडियोहरुमा उनैको गीत लगातार घन्किरह्यो । हरेक रेडियोले खेमराज गुरुङको जीवनी भनिरहे ।

गुरुङको निधन भएको दिन उनको गृह जिल्ला सङ्खुवासभाको खाँदबारीमा भब्य सांगीतिक कार्यक्रम थियो । त्यहि दिन जीवनको अन्तिम घडिमा हुनुहुन्छ भन्ने खबर पाएका अधिकांश उक्त कार्यक्रमका कलाकारहरू गीत गाएर मनोरञ्जन गर्ने मुडमा थिएनन् । बरु गीत गाउन बाध्य बनेका प्रत्येक कलाकारले स्टेजमा आफ्नो गीत प्रस्तुत गर्नुभन्दा पहिले गुरुङको शिघ्र स्वास्थ्यलाभको कामना गरे ।
। भदौ ९ गते साँझ काठ्माण्डौ स्थित मेडिकेयर अस्पतालका डाक्टरले उनको प्राण अन्त्य भएको घोषणा गरे ।खाँदबारीको तुम्लिङटार स्थित मनकामना माताको परिषरलाई विषयबस्तु बनाई विश्व भर चर्चामा ल्याउने गायक गुरुङको पार्थिव शरिर गृह जिल्ला सङ्खुवासभामा ल्याई श्रद्धान्जली सभा गर्नु पर्ने जिल्लावासीले माग राखेपछि आईतबार एक घण्टाको लागि ल्याईएको थियो ।
आईतबार विहान करिब दश बजे खाँदबारी ल्याईएको गुरुङको पार्थिव शरिरलाई एघार बजे काठ्माण्डौ फर्काईएको थियो । हजारौँको संख्यामा श्रद्धान्जली दिन आएका गुरुङको शुभचिन्तकहरू कुनैको पनि आँखा ओभानो थिएन । थुप्रैले आँखाको ताल बचाउन सकेनन्, धरधरी रोए शुभचिन्तकहरु ।
प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, गुल्मपती, जिल्ला प्रहरी प्रमुख लगायत जिल्लाका राजनितिक दलका प्रमुखहरुले पनि श्रद्धान्जली दिएका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना