संविधान कडाइका साथ कार्यान्वयन

ललितपुर, भदौ ११ गते । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । ग्रिन काठमाडौँ क्लिन काठमाडौँ अभियान र ज्योतिदय सङ्घद्वारा आज यहाँ आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तराई मधेसले गर्दैआएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयताको सीमाङ्कन निर्धारण गरेर स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको औँल्याउनुभयो । संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण हुने उहाँको भनाइ थियो । रासस
थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना