‘सबै चिच्याउन थाले यतउता हेर्दा आफू पनि पानीमा रहेछ’ु


chatwan4शालिग्राम नेपाल । शान्ता अधिकारी । बसन्त पराजुली , चितवन, भदौ १० गते । ‘खाना खाएर हिडेको बस एक्कासि क्र्याक्क भएर कोल्टो प¥यो के भयो होला भन्ने लागेको थियो यतीकैमा सबै चिच्याउन थाले’ घाइते गुप्ताले भन्नु भयो । रौतहटको गौरबाट पोखराका लागि छुटेको वसमा यात्रा गरेका राजेश गुप्ता बस कसरी पल्टिएको थाहा नपाएपछि पल्टने वेलाको अवस्था भने सम्झनु भएको छ ।
हेटौडामा १० वोरा तरकारी राखेको थियो, त्यसपछि गाडी अगाडि बढ्यो । मुग्लिनको बाटोमा आइपुगेको रहेछ रातिको अन्दाजी दुइ बजेका थियो होला एक्कासि क्र्याक्क भयो र कोल्टो प¥यो यतीसम्म मलाइ थाहा छ बसका यात्रु गुप्ताले भन्नु भयो । त्यसपछि बस पानीमा खसेछ । सबैजना चिच्याउन थाले । के भयो किन चिच्याएको भन्ने लाग्यो यता उता हेर्दा आफ्नो शरिर पानीमा रहेछ । यता उता छामे बसका छत जस्तो लाग्यो । बस दुर्घटना भएर त्रिशुली नदीमा खसेको बल्ल थाहा पाए ।
सवैजना चिच्याउने कराउने कोही मरे भन्दै थिए । पानीमा डुव्दै गयो । मैले खम्वा जस्तै चिज समाएर बसेको थिए । पानीले भिजेको थिए । शरिरमा चोट लागेछ त्यसपछि दुखेको महसुस गरे । बचाउ भन्दै चिच्याउदा टच बालेर हेर्नेहरु सडकमा देखिए । तर कोही व्यक्ति उद्दारको लागि आएनन् । जो व्यक्तिले टच वालेर हेर्थे दुर्घटना भयो होला भन्दै जान्थे ।
निकै समयपछि प्रहरीले उद्दार गरेर अस्पताल आए । बस पल्टिएपछि गुल्टिदै पानीमा खसेको रहेछ । म र परिवार बसको बीच भागको सिटमा बसेका थियौं । वस पल्टिएपछि पानीमा खस्दा छतमा परेछु । त्यही खम्वा जस्तो वस्तुमा समाउन पुगे । त्यही समाएर वसेको थिए र बाँच्न सफल भए ।
कसरी दुर्घटना भयो थाहा पाउन सकिन । खुट्टामा चोट लागेको छ । चोटले धेरै दुखेको छ । संगै यात्रा गर्नु भएकी उहाँकी श्रीमती सुगन्धी गुप्तापनि घाइते अवस्थामा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइराख्नु भएको छ । उहाँको पनि सोही अस्पतालमा उपचार भइराखेको छ । बस दुर्घटनामा परेको छ भन्ने खवर पाएपछि घरबाट आए अहिले यस्तो अवस्था देख्दा मन आत्तिएको छ घाइते गुप्ताका साढुदाई विहारीप्रसाद गुप्ताले भन्नु भयो । साली र साढु भाइ दुवैजानको शरिर भरी चोट लागेको छ कसरी निको होला उहाले भन्नु भयो धेरै वोल्यो भने अझ दुख्छ ।
राजेश गुप्ता भारतको सितामाडी जिल्ला कोम्रा गाउ घर हो । पोखराको दुलेगौंडामा सामान्य किराना पसल चलाउदै आएका थिए । रौतहटको गौरबाट श्रीमती सुगन्धी, साढे २ वर्षको छोरो आकाश, साढे ४ वर्षकी छोरी श्वेता सहित पोखरा जानको लागि गाडी चढेका थिए ।
अर्का घाइते शेखस्वराज शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा हिडेको थिए । रौतहट घर भएका उहालाई चन्द्रनिगाहपुरमा वस रोकिएको र त्यसपछि विभिन्न स्थानमा रोक्दै आएको थापा पाएको बताउनु भयो । म निदाएको थिएँ केही थाहा भएन एक्कासी बस पल्टिएर पानीमा खसेपछि थाहा पाएँ । त्यसपछि अस्पताल आएपछि थाहा भयो ।
सो दूर्घटनामा परी २० जनाको घटना स्थलमै र २ जनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । सो घटनामा अझै केही नदीमा वेपत्ता भएको अनुमान छ । वसमा कम्तीमा ४२ जनाको सवार रहेको चलानीमा देखिन्छ ।
विन्दवासीनी यातायातको सो वसको चलानी अनुसार गौरवाट ३० जना र चन्द्रनिगापुरवाट ९ जना यात्रु गाडिमा चडेका थिए । बसका चालक सहित ३ जना कर्मचारी रहेकाले सो वसमा ४२ जना सवार रहेको बताइन्छ ।
“बीचबाटोबाट चड्ने झर्नेको अवस्था वाहेक चलानीका आधारमा वसमा ४२ जना सवार देखिन्छन्”, प्रहरी नायव उपरिक्षक श्रेष्ठले भन्नुभयो, “घाइते र मृतकको सख्या जोड्दा अझै पनि केही हराइ रहेका हुन् कि भन्ने आशका छ ।”
मृतक मध्ये ३ जना महिला र १९ जना पुरुष छन् । मृतकहरु अधिकाश रौतहट जिल्लाकै रहेका छन् । मृतक मध्ये चालक कास्की पोखराका लोकराज पौडेल सहित १७ जनाको सनाखत भै सकेको छ भने ५ जनाको सनाखत हुन सकेको छैन । मृतककरुको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घाइतेहरु भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार गराइ रहेका छन् ।
प्रहरीका अनुसार घाइते मध्ये ८ जनाको अवस्था गंभिर छ । गंभिर अवस्थाका घाइतेहरुमा ठेगना नखुलेका स्वेता गुप्ता,मिलि शाह, आकास गुप्ता, वसका सहचालक धादिङका राजन पाण्डे,पोखराका दिपीका थापा,भारत सितामडिका राजेश गुप्ता,रितेश ठाकुर,सर्लाहीका अविनाश चौधरी रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भै रहेको छ ।
दुर्घटना स्थल कालिखोला नारायणगढ देखि साढे ३३ किलो मिटर पूर्व र मुग्लिन देखि
साढे दुई किलो मिटर पश्चिम नारायणगढ तर्फ पर्छ । बस राजमार्गवाट करिव एक सय मिटर तल त्रिशुली नदीमा खसेको छ । खसेको वस त्रिशुली नदीको पानीमा डुवेको अवस्थामा छ । दुर्घटनाग्रस्त वसको तल्लोभाग उत्तानो परेको अवस्थामा पानीमा रहेको छ । दुर्घटना भए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय वासिन्दाहरुले उद्धार गरेका थिए । उद्धार गरिएका घाइतेलाइ उपचारका लागि भरतपुरका विभिन्न अस्पतालहरुमा ल्याइएको थियो भने मृतकको शवलाइ भरतपुर अस्पताल पु¥याइएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना