काँगे्रसमा मन्त्रीको नाम टुङ्गो लग्याे, मन्त्रालय वाँडफाँड बाँकी

काठमाडौँ, भदौ ९ गते । नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ । नेताहरुबीच आज बिहान भएको छलफलपछि मन्त्रीको टुङ्गो लागेको हो । काँगे्रसबाट सरकारमा सहभागी हुनेमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ रहुनभएको छ । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ । काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसक्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना