आज कृष्णाष्टमी

sri_krishna_02-1-350x330काठमाडौँ, भदौ ९ गते ।  भाद्र कृष्ण अष्टमीका दिन बिहीबार भगवान् श्रीकृष्णको जन्म जयन्ती मनाइँदैछ ।  द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख छ ।  “जब जब धर्तीमा अन्याय अत्याचार बढ्दै जान्छ, तब मेरो पुनः अवतरण हुन्छ” भन्ने भगवान् श्रीकृष्णको वाणीलाई स्मरण गर्दै यस दिन कृष्णको झाँकी प्रस्तुत गरेर कृष्णाष्टमी पर्व मनाइँदैछ ।
पाटनको श्रीकृष्ण मन्दिर, डिल्लीबजार पिपलबोटस्थित राधाकृष्ण मन्दिर, रामचन्द्र वहाल, पशुपति मन्दिर परिसरको श्रीकृष्णको प्रतिमा, हनुमानढोकास्थित कृष्ण मन्दिर, गोठाटारको कृष्ण मन्दिरलगायत मुलुकका सबै कृष्ण मन्दिरमा सनातन धर्मावलम्बीले पूजा आराधना गर्दैछन् ।  कृष्ण प्रणामी संस्था तथा विदेशी कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था (स्कोन)ले पनि बूढानीलकण्ठलगायतका स्कोन केन्द्रमा भगवान् श्रीकृष्णको स्तुति आयोजना गरेका छन् ।  
पाटनस्थित कृष्ण मन्दिर जीर्णाेद्धारका क्रममा रहेकाले कृष्ण मन्दिरनजिकै भगवान् श्रीकृष्णको पादुका राखी पादुकामा नै पूजा गर्ने व्यवस्था मिलाइएको छ ।  गुठी संस्थान पाटन शाखा प्रमुख वैकुण्ठ आचार्यका अनुसार बिहीबार ९ः०० बजे राष्ट्र प्रमुखबाट श्रीकृष्णको पादुकामा अर्चना भएपछि यहाँ सर्वसाधारणका लागि औपचारिक रूपमा भगवान् श्रीकृष्णको आराधना खुला हुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना