नेपाललाई समृद्ध बनाउन उर्जाको विकास आवश्यक

Mahesh Acharya banmantri
नवीनराज कुइँकेल
सुन्दरबजार, फागुन २ गते । नेपाललाई समृद्ध बनाउन उर्जाको विकास आवश्यक रहेको बन तथा भू संरक्षणमन्त्री महेश आचार्यले बताउनुभएको छ । उर्जाको विकास भएमा नेपालले कसैसंग ऋण माग्न नपर्ने उहाँको भनाई छ ।
लमजुङको सुन्दरबजारमा शुक्रबारदेखि शुरु भएको छैटौँ सुन्दरबजार महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री आचार्यले जलविद्युत विकासमा कसैले विरोध गर्न नहुने बताउनुभयो । २०४६ सालपछि नेपालमा जलविद्युतको विकासले गति लिन थालेको बताउँदै मन्त्री आचार्यले देश विकासको मेरुदण्ड नै जलविद्युत भएको बताउनुभयो । उहाँले निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुमा बन्द हडताल गरिए हलो अड्किएर हलीलाई समस्या परेजस्तै नेपालीलाई हुने टिप्पणी गर्नुभयो ।
जलविद्युतको क्षेत्रमा लमजुङ निकै सम्भावित क्षेत्र भएकाले यसमा स्वदेशी तथा विदेशी लगानीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको मन्त्री आचार्यले बताउनुभयो । खोलामा त्यसै बगिरहेको पानीलाई सदुपयोग गरी जलविद्युत आयोजनाहरुको विकास गर्न सके विदेश पलायन भएका युवाहरुलाई स्वदेश फर्काउन सकिने उहाँको भनाई छ ।
सरकारले भारतसँग ‘पावर ट्रेड’ गरेर निकै ठूलो र सराहनीय कार्य गरेको बताउँदै मन्त्री खड्काले अव ९ सय मेगावाटको माथिल्लो कर्णाली, अरुण तेश्रो, ६ सय मेगावाटको माथिल्लो मस्याङ्दी २ लगायत जलविद्युत आयोजनाहरु निर्माणमा सघाउ पुग्ने बताउनुभयो । उहाँले नेपाललाई जलविद्युत, पर्यटन र कृषिका माध्यमबाट विकास गर्न सकिने र यसका लागि सवै एकजुट हुनुपर्ने उनको धारणा थियो । नेपालको जलविद्युत क्षेत्रमा आउने विदेशी तथा स्वदेशी लगानीलाई सरकारले सुरक्षाको ग्यारेन्टी गर्न तयार रहेको समेत मन्त्री आचार्यले कार्यक्रममा बताउनुभयो । एक अर्को प्रशंगमा मन्त्री आचार्यले सरकार बाहिर रहेका एकीकृत माओवादीसहितका मोर्चालाई तत्काल बार्तामा आएर सहमतिको प्रक्रियाबाट संविधान निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य चन्द्रबहादुर कुँवर, डाक्टर भीष्म अधिकारी, जमीन्द्रमान घले र लालबहादुर गुरुङ, नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद कोइराला, नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, एकीकृत नेकपा माओवादीका अध्यक्ष पारसमणि पौडेल लगायतले लमजुङको विकासका लागि सरकारले अझैपनि चासो नदिएको गुनासो गरेका थिए । सरकारले मौखिक रुपमा हुन्छ भन्ने तर, सरकारी बजेट विनियोजन गर्दा र लमजुङको विकासका लागि कार्यक्रम र नीति तयार पार्द सहयोग नगरेको उनीहरुको गुनासो थियो ।
शुक्रबारदेखि शुरु भएको महोत्सव फागुन १० गतेसम्म संचालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन तथा कृषिको प्रवद्र्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो । लमजुङ कृषि क्याम्पसको खेल मैदानमा आयोजना गरिएको महोत्सवलाई ७० हजार दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी गरेको छ । महोत्सवमा १ सय २५ वटा स्टल रहने छन् । महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, कृषि, पुष्प तथा जडिबुटी प्रदर्शनी, लोक दोहोरी गीत, लोकनृत्य, जातिय साँस्कृतिक संग्राहालय, झाँकी तथा ¥याली प्रदर्शन लगायतका कार्यक्रम राखिएको छ । यस्तै, पर्यटन, औद्योगिक, शौक्षिक, कृषि र जडिबुटीको प्रर्वद्धन गर्न अन्तक्र्रिया गोष्ठी, विविध खेलकुद प्रतियोगिता, महिलाहरुविच टपरी बुनाई प्रतियोगिता, गृहिणी नृत्य, घरेलु तथा हस्तकला प्रदर्शनी, लोक सास्कृतिक प्रदर्शनी, परम्परागत खाना महोत्सब, साहित्य, नाटक लगायतका कार्यक्रम समेत महोत्सवमा संचालन गरिएको छ ।
महोत्सब संचालनका क्रममा ५३ लाख ७५ हजार बराबरको आम्दानी तथा खर्च हुने अनुमान गरिएको महोत्सवको आयोजक संस्था लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाइले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना