दाङमा ५ लाख ३५ हजार चोरी

दाङ, भदौ ६ गते । दाङमा आईएमईबाट पाँच लाख बढी चोरी भएको छ । जिल्लाको तुलसीपुरस्थित वीपी चोकमा रहेको आइएमईबाट ५ लाख ३५ हजार चोरी भएको हो ।

तुलसीपुरको केन्द्रविन्दु मानिने वीपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट आज विहान ५ लाख ३५ हजार नगद चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

सीसी क्यामेराको रेकर्ड हेर्दा सोमवार विहान १ बजे चोरले उक्त आईएमीको घर्राको ताला फोडेर ५ लाख ३५ हजार नगद चोरी भएको आईएमईका सञ्चालक किरण पुनले जानकारी दिएका छन् ।

प्रहरीले चोरले ताला फोडर भित्र प्रवेश गरी जुन घर्रामा रकम राखिएको छ त्यही घर्रा मात्रै फोडेर रकम चोरी गरेकोले घटना रहस्यमय भएको जानकारी दिएको छ । पाण्डेले चोरले ६ हजार नगद रकम राखिएको अर्का घर्रा भने केही पनि चलाएको छैन । दोस्रो घर्रामा ६ हजार नगद सुरक्षित रुपमा फेला पारिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना