सूचनाको हक : खुला सरकारको अवधारणा

बागलुङ, भदौ ४ गते । सूचनाको हकले खुला सरकारको अवधारणालाई सुनिश्चित गर्नुपर्ने शुक्रबार यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिनुभएको छ ।

राष्ट्रिय सूचना दिवस२,०७३ का अवसरमा जिल्ला प्रशासन कार्यालयले गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सूचनाको हकको उपभोगमा जोड दिनुभयो । प्रजिअ भागीरथ पाण्डेयले कुनै पनि सरकारी निकायले सूचना नदिन नपाइने बताउनुभयो । “सूचनाको हक खुला सरकारको अवधारणाबाट आएको हो, नागरिकलाई सरकारसँग जोड्न यसको अहम भूमिका हुन्छ” प्रजिअ पाण्डेयले भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले अझै पनि सूचनाको हकको उपभोग प्रभावकारी रुपमा हुन सकेको छ्रैन, यसको प्रचलनलाई बढाउनु आवश्यक छ भन्नुभयो । पत्रकार प्रकाश बरालले सर्वसाधारण नागरिकलाई सूचनाको हकका बारेमा सुसूचित गराउनुपर्ने धारणा राख्नुभयो ।
नागरिक समाजका संयोजक काजी गाउँलेले सुशासन प्रवद्र्धनका लागि सूचनाको हकलाई जनस्तरसम्म प्रचलनमा ल्याउनुपर्ने सुझाव दिनुभयो । बागलुङ नगरपालिकाका सूचना अधिकृत युक्तप्रसाद सुवेदीले सूचनाको हकको प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो ।

सूचना प्रवाह गर्ने प्रतिबद्धता

सप्तरी– राष्ट्रिय सूचना दिवसका अवसरमा सप्तरीका सरकारी कार्यालयका प्रमुखले सूचनाको हकसम्बन्धी ऐनअनुसार हरेक सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शुक्रबार राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा कार्यालय प्रमुखले सूचना दिने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेको निमित्त प्रजिअ रामेश्वर अर्यालले बताउनुभयो ।

राज्यका काम, कारबाही लोकतान्त्रिक पद्धतिअनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा नागरिकको पहुँचलाई सरल र सहज बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना