साझा यातायातलाई यात्रुमैत्री बनाउन निर्देशन

sajha-yatayatकाठमाडौँ, भदौ ३ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवं यात्रुमैत्री बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई बिहीबार बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई ध्यानमा राखी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गर्नुभयो ।
पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई पु¥याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महŒव र सेवाग्राहीको चाहनाअनुरूप सेवा विविधीकरण र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो ।
साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाउनुभएको हो । “उपत्यकामा आवतजावतका लागि जनताले दुःख पाइरहेका छन् ।  जनतालाई राहतको अनुभूति दिन आवश्यक छ ।  काठमाडौँको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णय गर्नुस्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले बताउनुभयो । प्रधानमन्त्री दाहालले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा ३० वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराउनुभएको थियो । साझा यातायातका कामु निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महŒवपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताउनुभएको थियो ।
साझाका ३० बस थपिँदै
इतिहास बोकेको साझा यातायातले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी उपत्यकामा थप ३० वटा बस सुरु गर्ने तयारी गरेको छ ।
साझा यातायातका कामु निर्देशक पाण्डेका अनुसार ढिलोमा असोज पहिलो सातादेखि उपत्यकामा साझाका नयाँ बस गुड्नेछन् ।
प्रधानमन्त्री दाहालसँगको छलफलमा साझालाई थप बृहत्तर बनाई उपत्यकाबाहिर कसरी सेवा विविधीकरण गर्ने भन्नेबारे पनि छलफल भएको छ ।
साझाको सेवा विविधीकरण गर्नेबारे प्रधानमन्त्री सकारात्मक हुनुभएको र त्यसका लागि आवश्यक सबै खाले सहयोग गर्ने वचन दिनुभएको कामु निर्देशक पाण्डेले उल्लेख गर्नुभयो ।
साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।  
अब आउने नयाँ ३० वटा बस पनि अहिले भइरहेका रुटमा केही र अन्य रत्नपार्कदेखि भक्तपुर रुटमा गुडाउने साझाको तयारी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना