राष्ट्रिय सहमतिको आधारमा संविधान निर्माण

इलाम, फागुन २ गते । संघिय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले संविधान निर्माणमा राष्ट्रिय सहमतिको विकल्पन नरहेको बताउनुयभो । उहाँले सबैको सहमतिमा संविधान बनाउनुपर्ने विचार व्याक्त गर्नुभयो ।
३० दलले शनिवार विहान इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चेम्जोङले सत्तापक्षले संविधान निर्माण वहुमतिय प्रक्रियामा लगेर वार्ता र सहमतिको ढोका बन्द गरेको आरोप लगाउनुभयो । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता पक्षको निर्देशनमा प्रक्रिया सुरु गरेको उहाँले आरोप लगाउनुभयो । अधिनायकवादी दृष्टीकोणका साथ प्रक्रिया सुरु गरियो, उहाँले भन्नुभयो,‘अध्यक्षले जबरजस्ती तरिकाले प्रक्रिया थाल्नुभयो ।’
पुर्व शान्तिमन्त्रीसमेत रहनुभएका चेम्जोङले राष्ट्रिय निकासका लागि सहमती खोज्न अहिले ३० दलले आन्दोलन थालेको बताउनुभयो । दिगो शान्ति स्थापना गर्नका लागि आन्दोलन गरेका हौ, उहाँले भन्नुभयो,‘अधिकार प्राप्तीका लागिपनि आन्दोलन हो ।’
वार्तामा बस्ने नियतल प्रधानमन्त्री सुशिल कोईरालाले वार्ताको आह्वान गर्नु नभएको चेम्जोङले बताउनुभयो । संविधानसभामा सुरु भएको वहुमतिय प्रक्रिया रोकेमात्र वार्तामा बस्न सकिने चेम्जोङले बताउनुभयो ।
दलहरु विच मुल रुपमा संघियतामा कुरा मिल्न नसकेको भन्दै चेम्जोङले संघियतामा कुरा मिल्न सके अन्य कुरा तुरुन्तै मिल्ने बताउनुभयो । अहिले मुलुकमा नेपाली काँग्रेस र नेकपा एमालेलले जातिय राज्यको भ्रम छरेको उहाँको आरोप छ । जातीय राज्य भन्ने काँग्रस र एमालेले वदनाम गर्न चलाएको हल्ला हो, उहाँले भन्नुभयो,‘भारतमा पञ्जाव, तामिलजस्ता राज्य छन ति जातीय राज्य होईनन् ।’ चेम्जोङ ३० दलको कार्यक्रम अनुसार इलाममा हुने प्रशिक्षण कार्यक्रममा सहभागि हुने इलाम पुग्नुभएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना